Monday, June 8, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन

जेष्ठ १६, बेन्डी उदयपुर ।

June 8, 2026
in Uncategorized

सुनकोशी र दुधकोशीको संगम स्थल जोर्तीघाट अर्थात ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाको मिलन केन्द्र त्रिवेणीमा झोलुङ्गे पुलको उद्घाटन भएकोछ ।

१९औँ गणतन्त्र दिवसको अबसरमा जिल्ला विकास समन्वय समिति ओखलढुङ्गाको आयोजनामा जेष्ठ १५ गते पुलको समुद्घाटन भएको हो ।

सस्पेन्स ब्रिज डिभिजन कार्यालय पूलचोक ललितपुरको ठेक्का आवाहनमा अपरतामाकोशी जेभिसंग गत २०७९ साल साउन ६ गते १ करोड ३१ लाख ९१ हजार ६ सय २० पैसामा सम्झौता भइ निर्माण कार्य प्रारम्भ भएको त्रिकोणात्मक पुल अर्थात ओखलढुङ्गातर्फको जोरढुङ्गालाई जीप अर्थात गेटवे संरचना मानेर खोटाङ र उदयपुर जिल्लासंग जोड्ने गरि झोलुङ्गे पुलको निर्माण भएको हो ।
एउटा जीप अर्थात गेटवे संरचना प्रयोग गरेर २ वटा पुल बनेको नेपालकै पहिलो ऐतिहासिक झोलेङ्गे पुलको निर्माण भएको सस्पेन्स ब्रिज डिभिजनका बरिष्ठ इन्जिनियर विनोद खड्काले बताउनु भयो ।

ओखलढुङ्गाबाट खोटाङको ठुलो ढुङ्गा तर्फको लम्बाइ १३४ मिटर र उदयपुर बेन्डीतर्फ १७८ मिटरगरि जम्मा ३१२ मिटर लम्बाइ रहेको यस पुलको निर्माण कार्य सम्पन्न भएपछि ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाको जनप्रतिनिधि, जिल्ला प्रशासन, जिल्ला प्रहरी प्रमुख लगायत स्थानीयबासीहरूको बाक्लो उपस्थितिमा पूर्वसंसद टंक राईको प्रमुख अतिथ्यमा पुलको उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा प्रमुख अतिथि राईको साथ ओखलढुङ्गाको जिल्ला विकास समन्वय समिति प्रमुख टेकराज भट्टराई, हेलेसी तुवाचुङ नगरपालिकाका प्रमखु विमला राई लगायतका अतिथि गणको बाहुलीबाट तिनवटै जिल्लातर्फको रिबन काटेर पुलको उद्घाटनगर्दै ओखलढुङ्गाबाट खोटाङ र उदयपुरतर्फको पुलमा आवात–जावतगर्दै हर्सोउल्लासको साथ उद्घाटन समारोह भएको हो ।

प्राकृतिक अनुपम सुन्दरता र भौगोलिक हिसाबले तीन जिल्लाको मिलन विन्दु जोर्ती प्राचिनकालमा त्रिवेणी भनिएको र उक्त त्रिवेणी नाम अपभ्रंस भएर बेन्डी भनिएकोे जोर्तीघाट, भौगौलिक पृथकता र धार्मिक हिसाबले समेत विविधता मानिन्छ ।
जोर्ती धाममा भौतिकपूर्वधारको विकास नहुदा जोखिमयुक्त यात्रा मात्रै होइन, धेरैले आफन्त र परिवारको सदस्य नै गुमाएको दुःखत क्षण समेत बारम्बार भोक्नु परेको र आजबाट अन्त्य भएको मानेभञ्ज्याङ गाउपालिकाको उपप्रमुख आश्रचन राईले बताउनु भयो ।
बाइट आश्रचन

झोलङ्गे पुलको निमार्णले जोर्ती जस्तो विगट र अनकन्टार ठाउलाई विकासितगरि स्थानीयबासीको जीवन स्तर सहज र पर्यटनको विकासको सम्भावना मात्रै बढाएको छैन, सधै शहर बजार र सरकारी कार्यालयमा मात्रै सिमित रहने गणतन्त्र दिवस समेत ओखलढुङ्गा जिल्ला समन्वय समितिको आयोजनामा १९औँ गणतन्त्र दिवस पुल उद्घाटनसंगै उल्लासमयपूर्वक जोर्ती बगरमा मनाउनुले राज्य अब नेपालको कुनाकन्दराको नागरिकसंग जोडिएको भन्दै राष्ट्रगान सर्जक ब्याकुल माइलाले आयोजकप्रति हार्दिकताकोसाथ आभार प्रकट गर्नु भयो ।
बाइट माइला

परम्परागत रुपमा सहर र बजार केन्द्रित गणतन्त्र दिवसलाई जोर्ती जस्तो अलौकित अनुपम सुन्दर स्थलमा मनाउन प्रस्ताव तथा ब्याबस्थापनको सम्पूर्ण जिम्मेवारी लिने सर्जक माइला तथा स्थानीय संघ–संस्थाप्रति जिल्ला विकास समन्वय समिति ओखलढुङ्गाको प्रमुख टेकराज भट्टराईले हार्दिक अभार ब्याक्त गर्दै यस पटकको गणतन्त्र दिवस ऐतिहासिक भएको बताउनु भयो ।
बाइट भट्ट

प्रमुख भट्टराईले नेपालमा आन्तरिक पर्यटनको संस्कृति बढेकोले जोर्तीघाटमा पनि पुलको निर्माणसंगै आन्तरिक पर्यटनको विकासको प्रचुर सम्भावना भएकोे बताउनु भयो ।
बाइट भट्ट

जोर्ती घाटको पुलबारे सुप्रसिद्ध भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनि हेगनले समेत सन् १९५० ताका नै आफ्नो पुस्तकमा उल्लेख गरेको भएता पनि बाक्लो बस्ती र पहुचको आधारमा मात्रै योजना पर्ने हुँदा सर्जक माइलाको नामको कारणले मात्रै जोर्तीघाट पुल निर्माण परियोजना परेको सस्पेन्स ब्रिज डिभिजन कार्यालयका बरिष्ठ इन्जिनिर विनोद खड्काले बताउनु भयो ।
बाइट बिनोद

प्रारम्भिक चरणदेखि निर्माण सम्पन्न अबधिसम्म प्रत्यक्ष वा परोक्ष तबरले मानसिक तनाब परेको र उद्घाटन समारोहमा तिनवटै जिल्लाको स्थानीयबासी, जनप्रतिनिधि तथा सरकारी निकायले देखाएको दातरुकता र उल्लासले विगतमा अनुभूति गरेको सबै उल्झन भुलेको सर्जक माइलाले व्याक्त गर्नु भयो ।
व्याकुल माइला

२०३६ सालको पञ्चायत ब्यावस्था र २०५१ सालको बहुदल सरकारले समेतले पारित गरेर पनि निर्माण हुन ओझेल परेको परियोजना २०७५ सालमा पिता मानबहादुर राईको असमायिक निधनपछि उहाको पुण्य तिथिमा पाल्नु भएको तत्कालिन जिल्ला विकास समिति ओखलढुङ्गाका प्रमुख जयबहाुदर श्रेष्ठसमक्ष मुल पाहुना चक्रबहादुर राई उर्फ तप्तले विनम्रताको साथ बारम्बार पुलको माग राखेपछि पुल निर्माण आयोजनाले गतिलिएको सर्जक माइलाले बताउनु भयो ।
माइला ब्याकुल

पर्यटन विकासको लागि सडक सञ्जाल अपरिहार्य भएकोले चतरा घुर्मि सडक अर्थात कोशी करिडोर सडक सुनसरीको चतरादेखि उदपुरको घुर्मीसम्म कोशी किनारै–किनार विस्तार हुनुपर्नेमा केही नेताको पहुचको कारण जोर्ती खण्डमा कोशी किनार छलेर लेखानी डाँडातर्फ सडक मोडिएकोप्रति विकासप्रेमी, अग्रज तथा बौद्धिक ब्यातित्वहरू लगायत राष्ट्रगान सर्जक ब्याकुल माइलाले समेत सो सडक जोर्तीहुँदै नगए प्राकृतिक अनुपम सुन्दर त्रिवेणी जोर्ती क्षेत्र अन्यायमा पर्ने र यस मार्गको यात्रुहरूको लागि समेत ५ वटा नदिको संगम, धार्मिक, ऐतिहासिक स्थलको अतिद्धिय दृश्य अबलोकन गर्नबाट बञ्चित हुनेबारे नेपाल सरकार र निर्माण कम्पनीलाई सुझाएकाछन ।
बाइट माइला

प्रमुख अथिति पूर्वसंसद टंक राईले जोर्ती त्रिवेणी आसपास सबै वाम्बुले राईको घनाबसोबास भएकोले र उनीहरूसंग विशिष्ट किसिमको संस्कार, संस्कृति, तथा खानपान समेत भएकोले राज्यले केही सहयोग गरेर पर्यटनको विकास मार्फत उनीहरूको भाषा, संस्कार र संस्कृतिको जगेर्नाको साथै उनीहरूको जीवन यापनमा समते सहजता बनाउने सकिने बताउनु भयो ।
बाइट टंका

प्रारम्भदेखि अथक प्रयासको साथ निरन्तर लागि परेर पुलको सफलतापूर्वक निर्माण तथा समुद्घाटन सम्पन्न गरेर बेन्डी जस्तो अनाकन्टार, दुर्गम क्षेत्रको विकास मात्रै होइन पहिचान नै बदलिदिएकोमा राष्ट्रगान रचयिता माइलाप्रति स्थानीय सकृया युवा चण्डीराज राई, विर्सकुमार राई लगायतले सबैले हर्ष प्रकट गरे ।
बुढा मान्छे
चण्डी

एक घर एक गाउको नामले परिचित त्रिवेणी अर्थात बेन्डी निबासी चण्डीराज राईको सकृयता र संयोजनमा तयार भएको ब्यबस्थापनले जोर्ती जस्तो भौगोलिक बिकटता र मानव बस्ती विहिन स्थानमा समेत संघीय राजधानी लगायत विभिन्न क्षेत्रबाट आएका अथितिहरूलाई विशेष सत्कारकोसाथ २ दिन २ रातसम्म ब्यावस्थित उचित खानापान तथा बसोबासको ब्याबस्थाले आन्तुकहरू प्रफुलिल्त भएकाछन भने होटल तथा पर्यटन व्यवसायी धुमराज राईको टेन व्यवस्थापनले कोशी किनारको बास थप रोमान्चित र जोर्ती क्षेत्रको आकार्षण समेत बढेको छ ।

केही वर्ष अगाडि मात्रै काठको पुरानो डुङ्गा मकिएर नाश भएपछि ट्यूब मार्फत कोशी तर्ने क्रममा सहोदर जेठा दाजु २ सन्तानको पिता ३२ वर्षीय गुम्बाकुमार राई २०६८ सालको मंसिर महिनाको अन्तिम साता सुनकोशी र दुधकोशीपरि खोटाङतर्फको ठूलाढुङ्गा गोठमा जाँदा कोशीमा परेर ज्यान गुमाएको कहालिलाग्दो घटना सुनाउदै अब उप्रान्त यस क्षेत्रको बासिन्दाले आफ्नो परिवार, आफन्त तथा नातागोता कसैले पनि अनाहकमा नदि तर्ने क्रममा जीवन त्याग्नुपर्ने अबस्थाको अन्त्य भएको यो अबसरलाई शब्दमा ब्याक्त गर्न नसकिने बताउनु भयो ।
चण्डीराज

हिलेपानी र सोक्माटार क्षेत्रबाट सुदेश राई, मेख राई लगायत जोर्ति समुदायिक बन उपभोक्ता समिति लेखानी उदयपुर,
स्थानीय युवा समुह बेन्डी उदयपुर,
सुनाखरी कोशेली युबा क्लब हिलोपानी ओखलढुङ्गा,
नया नेपाल सरोकार समाज हिलेपानी,
नव सगरमाथा क्बल हिलेपानी,
मितेरी युबा क्लब हिलेपानी,
जनजागरण युबा क्बल झाप्पा गाउ खोटाङ,
लगायतको संयुक्त ब्याबस्थापन तथा मानेभञ्ज्याङ गाउपालिका ओखलढुङ्गाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएकोे हो ।
बेन्डी

धार्मिक तथा ऐतिहासिक आस्थाको केन्द्र समेत रहेको जोर्तीघाटमा कसैलाई अप्रिय र अशुभ नहोस भन्दै, ओखलढुङ्गा, खोटाङ र उदयपुरको तिनै जिल्लाहरूको नदि किनारका स्थानीयबासी वाम्बुले राई जातिको परम्परागत धर्म, मुन्धम तथा विभिन्न सम्प्रदाय अपनाएका धर्मलम्बीहरूले आ–आफ्नो विधि र प्रकृया अनुसार अनुष्ठान पश्चात पुलको समुद्घाटन भएको हो ।

समारोहमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईको साथमा आएका साकेलाको कलाकार समुहले कार्यक्रमको थप रौणकता बढाएकोछ भने कलाकार पुष्पान्जली राई र विषण राई लगायत स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रम थप उत्कर्षमा पुगेको छ ।
डान्सा
सिद्धबाबा तथा सिसि सिकारीको खाइखेली हिन्ने क्षेत्र मानिएको जार्तीघाट, नागराजाको दरबारदेखि द्धपार युग अर्थात महाभारतको युद्धकालमा किराती पुर्खा एकलव्यले धनुबाण प्रहार गर्ने अब्बल कला प्राप्त गरेको क्षेत्रदेखि त्रेतायुगमा बशिष्ठ ऋषीले समेत ध्यान गरेका जनविश्वास छ ।

परापुर्वकालदेखि नै अनाकन्टार भिर पहाराले घेरिएको उक्त क्षेत्रमा २००७ र ८ सालताका उबू चौरास निबासी तत्कालिन तालुकदार शेरबहादुर राईको नेतृत्वमा जनश्रमदानबाट सोक्माटारदेखि जोर्ती घाट हुँदै भालुखेला दोभानसम्मको सानो पदमार्ग तथा जोर्ती घाटको डुङ्गाको ब्यावस्था समेत गरेको बुढापाको भनाई छ ।
उबू चौरास क्षेत्र अर्थात थाक्ले, हिलेपानीदेखि उबू, वाक्सा लगायत मोलि, खोटाङ्ग जिल्लाको हालको हलेसी तुवाचुङ नगपालिको वडा नं १ ,२ वडाको बासिन्दा र उदयपुर कटारी वडा नं १४ लेखानी वडाको स्थानीय बासिन्दाहरूको सामुहिक जनश्रमदानबाट पद मार्ग र डुङ्गाको व्यास्था गरेपछि सो समयबाट जयराम हुँदै बाइटार घाटबाट सोरङ बेतेनी हुँदै उदपुरको अम्बाइ बजारमा किनमेलमा जानेहरू जोर्तीघाटको छोटो दुरीको पैदल मार्ग हिड्नथालेका हुन । उत्त समयेदखिे अ‍ो. सो र खोटाङबाट तराई झर्नेहरैको लागि यो मार्ग उपयुक्त मानिएको हो ।

गगन चुमी पहाड र भिरको बिचबाट छिचोलिएर खनेको पदमार्ग, जंगली जनावार र हावाको बेगले पहाराको टुप्पोबाट उछिट्टिएर झरेको ढुङ्गाको टुक्राले लाग्ने सक्ने त्रास र साँगुरो बाटोको कारण चिप्लिएर तल झरिएमा बाच्ने सम्भावना न्यून छ । तथापि यस क्षेत्रको अलौकित र अनुपम सुन्दर दृष्याले दिने अद्धितिय आनन्द र शान्तिको बयान शब्दमा अपुर्ण छ एभरेष्ट टेलिभिजन नेटवर्कको लागि क्यामेरा प्रेम वाम्बुलेको साथ चन्द्र वाम्बुले जोर्तीघाट, बेन्डी उदयपुर ।

Tags: ५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In