Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

कुन पदमा कति उम्मेदवारी मनोनयन

बैशाख १४, काठमाडौँ ।

April 27, 2022
in समाचार
कुन पदमा कति उम्मेदवारी मनोनयन
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको हो । यो सङ्ख्या मंगलबार राती ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ । प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारको दलगत स्थिति प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । निर्वाचन आयोगको साँझ ९ बजेसम्मको विवरण अनुसार प्रमुख पदमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ ।  त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको छ । सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्क छ । त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ । कुन पदमा कति उम्मेदवारी मनोनयन उपप्रमुखमा राप्रपाबाट २२७ उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसबाट २१० उम्मेदवारी परेको देखिएको छ । सोहीअनुसार उपाध्यक्ष पदका लागि काँग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३१४ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६ हजार ४६८, काँग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट ४ हजार ३८५ र स्वतन्त्रबाट ५ हजार ८३१ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार महिला सदस्यका लागि एमालेबाट ६ हजार ३१८, काँग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट ४ हजार १०७, राप्रपाबाट २ हजार ८९ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार ११२, काँग्रेसबाट ५ हजार ७३१, माओवादी केन्द्रबाट ३ हजार ८३५, राप्रपाबाट १ हजार ६३३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार ६७०, काँग्रेसबाट ११ हजार ९३४, माओवादी केन्द्रबाट ८ हजार ५३८ र राप्रपाबाट ४ हजार ६३० जनाको उम्मेदवारी दर्ता भएको छ । सोहीअनुसार प्रमुख पदमा अन्यबाट १ हजार २९१, अन्यबाट अध्यक्षमा १ हजार २३५, अन्यबाट उपप्रमुखमा १ हजार २१, अन्यबाट उपाध्यक्ष ९१३, अन्यबाट वडा अध्यक्ष १२ हजार १८८, अन्यबाट महिला सदस्य ७ हजार ५५७, अन्यबाट दलित महिला सदस्य ६ हजार १६०, अन्यबाट खुला सदस्य १६ हजार ८८६ जनाको उम्मेदवारी परेको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्यांक अनुसार)  

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक । मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल । Email:     everestnews@outlook.com               evtelevison@outlook.com  Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929 गीत-सङ्गीत र कलाकारिताको लागि nepaliculture@mail.com Website: Television:  https://everesthd.tv Online News: https://everestnewsnepal.com . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .
 

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

 
Tags: Election 2079Everest NewsNepal KhabarNepal NewsNepali samacharNirbachan 2079rastriya khabarsamacharचुनाव २०७९निर्वाचन २०७९
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
कांग्रेसले बागी उम्मेदवारीले आफ्नो मनोनयन फिर्ता नलिए पार्टीबाट निस्कासन गर्ने

कांग्रेसले बागी उम्मेदवारीले आफ्नो मनोनयन फिर्ता नलिए पार्टीबाट निस्कासन गर्ने

कुन पदमा कति उम्मेदवारी मनोनयन

प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष मात्रै उम्मेद्धरी भए दुवै पद खारेज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In