Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेलाई ताम्रपत्र सहितको सम्मान

श्रावण २२, काठमाण्डौँ ।

August 9, 2023
in समाचार
चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेलाई ताम्रपत्र सहितको सम्मान

चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेलाई ताम्रपत्र सहितको सम्मान गरिएको छ ।

किरात राई यायोक्खाको ३६औँ स्थापना दिवसको अबसरमा वाम्बुलेलाई सम्मान गरिएको हो ।
किराया जागिरमान शुभाषी राई सास्कृतिक भिडियो कृति पुरस्कार कोषको शीर्षक अन्तर्गत निर्देशक वाम्बुलेलाई सम्मान गरिएको हो ।

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको कार्याक्रममा प्रमुख अतिथिको आगमन ढिलो हुन भएपछि वाम्बुलेलाई विशेष अतिथि सस्कृति तथा पर्यटन मन्त्री सुदन किराती र यायोक्खाका अध्यक्ष जिवन हाताचाले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेको हो ।

कार्याक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, इतिहासकार दिनेशराज पन्त, पत्रकारद्वय दिपिन राई र श्रीशिशा राई, कृतितर्फ लोकबहादुर बायुङ राई, सुकराज राई र खुक्सङ खम्बु राई, भद्रगोल किराती, खेलकुदतर्फ प्रिया राई, गायकद्वय राजेशपालय राई र रुपकुमार राईलाई विभिन्न नामका पुरस्कारबाट पुरस्कृत गरिएका थिए ।

यस्तै, विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गर्ने शान्तिदेवी राई,  भरत राई, रामकुमार राई, हरिध्वज राईलाई सम्मान गरिएको छ ।

को हुन चन्द्र वाम्बुले ?

ओखलढुङ्गा जिल्ला माने भञ्ज्याङ गाउपालिका वडा नं २, वाक्सा होल्माफूमा जन्मिएका वाम्बुले विद्यालयको प्राथमित तहको अध्ययन गर्दा नै कुशल नृत्यकार मधुकार चौधरी गुरु पाएको वाम्बुले प्राथमिक तहबाट नै गाउ घरमा हुने विभिन्न कार्याक्रम, क्बल तथा जिल्ला स्तरीय हुने प्रतियोगिताहरूमा समेत कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गरेका श्री भिम आर्दश प्रावि खाचापू र कक्षा ६ देखि श्री राज्य लक्ष्मी मावि उबूमा अध्ययनको क्रममा कक्षा ९ सम्म नै निरन्तर रुपमा नृत्य कार्याक्रममा अनिवार्य सहभागिता गराइएको वाम्बुलेलाई कक्षा ९ पासपछि एसएलसीमा हुने कडा परिक्षा प्रणालीको कारणले मात्रै छुटकरा पाएको थिए ।

२०५४ सालमा एसएलसी परिक्षा लगतै काठमाण्डौँ शहर छरेर २०५५ सालदेखि नै निरन्तर रुपमा कलाकारिता र पत्रकारिता क्षेत्रमा लागिपरेको वाम्बुलेले किरात मुन्धुममा आधारित चलचित्र सुम्निामाको निर्देशन गरि नेपाल सरकारको सर्बोत्कृष्ट सास्कृति पुरस्कार २०६९ द्धारा सम्माननित व्यक्तित्व हुन ।

चलचित्र विकासबोर्डको मातृभाषी प्रवद्र्धन समितिको सदस्यमा समेत नियुक्ति भएर चलचित्रको विज्ञको रुपमा समेत काम गरेको वाम्बुले किरात राई चलचित्र संघ केन्द्रीय कार्य समितिको संस्थापक तथा पूर्व केन्द्रीय अध्यक्ष समेत हुन ।

नेपाल टेलिभिजनको लोकप्रिय कार्याक्रम “आगन”को आयोजक समेत रहेका वाम्बुले लामो समय नेपाल टेलिभिजनमा रिपोटरको रुपमा समेत अबद्ध भएको वाम्बुले २०५७ सालबाट नै एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी नामक प्रोडक्सनको स्थापना गरि सञ्चालन गर्दै आउनु भएको छ ।

गीत रेकर्डिङ, चलचित्र, वृत्तचित्र, म्यूजिकहरूको छायाङ्कन तथा सम्पादन यसैगरि नृत्य, अभिनय, पत्रकारिता, चलचित्र निर्माण, निर्देशन, सम्पादन, भिडियोग्राफी सिनेमेटोग्राफी, मोडलिङ लगायतको प्रशिक्षण समेत सञ्चालन गर्दै आएको मिडिया हाउसले हाल एभरेष्ट न्यूज नेपाल नामक अनलाइन लाईको सेवा विस्तार गरि एभरेष्ट टेलिभिजन नेटवर्क मिडिया हाउसको प्रबन्धक निर्देशक तथा समाचार प्रमुख समेत हुन ।

कत्थक नृत्यमा स्नाकोत्तरसम्मको अध्ययन गरेको वाम्बुले खानदान, मुस्कान, दपर्णछाया लगायतको दर्जनौ चलचित्रहरूमा कोरस डान्स गर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेको वाम्बुले राष्ट्रिय सस्कृतिक संस्थान जमल, एम आर्ट थिएटर बानेश्वर लगायतको विभिन्न प्रशिक्षण केन्द्रबाट अभिनय तथा नाटक विषयमा डिप्लोसम्मको शिक्षा हासिल गरेकाछन ।

यसैगरि चलचित्र निर्देशन तथा निर्माणमा सिनेआर्ट युनिभर्सिटीबाट डिप्लोमा गरेका वाम्बुलेले पत्रकारिता, राजनितिशास्त्र, सङ्गीत, नेपाली, समाजशास्त्र मावन शास्त्र विषयमा स्नातक गरेको व्यक्ति हुन ।

अन्तरािष्ट्रय संस्था युनिसेफ, रोटरी क्बल, राजदल सेना गण, अन्तराष्ट्रिय पर्वतआरोही संघ, आइफा लगायतको विभिन्न संघसंस्थाहरूमा नृत्य प्रशिक्षक तथा इभेन्ट मेनेजमेन्टको कार्यकारी भूमिका निर्वाह गरेका वाम्बुले वाम्रास केन्द्रका सहकोषाध्यक्ष समेत हुन ।

लामो समयदेखि लोकप्रिय गायिका मनु नेम्बाङसंग सहकार्यमा एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टुडियो सञ्चालन गर्दै आएको वाम्बुलेले हजारौँ गीतमा रेकर्डिस्ट तथा सयौँ म्युजिक भिडियोहरूमा निर्देशन गरेर विभिन्न सम्मानद्धारा पुुरस्कृत वाम्बुलेले किरात वाम्बुले राई जातिको परिचय, किरात राई जातिको संस्कृति आदिम भूमि तायाचुङ जायजुङ, खोटाङ, हलेहाङ राजा तथा हलेसी मन्दिर, सुनुवार जातिको उदगम भूमि पोकली झरना, ओखलढुङ्गा, बायुङ जातिको होङ सित्ली, चेपाङ जाति, ब्रिटिश सेनामा भर्ती भइ बेलायत, सिङ्गापुर, ब्रुनाइ, हङकङ लगायतको मुलुकमा विभेद परेको नेपालीहरूको बारेको तस्करीमा लाहुरे नामक वृत्तचित्रको निर्देशन तथा निर्माण गरेर उक्तिकै रुपमा सम्मान पाएका व्यक्ति हुन ।

सम्माननीय प्रधानमन्त्री झलकनाथ खनालज्यूको बाहुलीबाट “किरात वाम्बुले राई जातिको परिचय” नामक वृत्तचित्र लोकार्पण

नेपालको आदिबासी चलचित्रमा नेवारी भाषाको सिलुलाई पहिलो आदिवासी चलचित्र मानिए पनि नेपाल सरकारबाट आधिकारिक रुपमा चलचित्र सुम्निमालाई २०६९ सालमा नेपाल सरकारको सर्बोत्कृट सास्कृतिक चलचित्र पुरस्कार विजेता सुम्निमा चलचित्रलाई प्रदान गरिएकोले नेपाल सरकारद्धारा आदिवासी चलचित्रको पुरस्कारबाट सम्मानित हुने चलचित्र सुम्निामा र चलचित्र निर्देशक वाम्बुले बनेको हो ।

२०५७/०५८ सालमा नै लेखक प्रवीण पुमाले तयार पारेको स्कृप्ट २०६० सालबाट चलचित्र निर्माणको प्रकृया शुरु भई २०६३÷६४ मा करात राईहरूको सास्कृतिक आदिम भूमि तुवाचुङ, खोटाङ, ओखलढुङ्गा, उदयपुर जिल्लामा छायाङ्कन भएको चलचित्र सुम्निमा २०६९ सालमा प्रदर्शनमा आएको हो ।

१२५ वटा प्रर्दशनमा आएको नेपाली चलचित्र माध्ये सुम्निमाले सर्बोत्कृष्ट सास्कृतिक चलचित्र पुरस्कार विजेत बनेको हो ।

खास गरि चलचित्र निर्माण सकिएर प्रदर्शनको इज्जाजत प्रमाण पत्र लिएपछि सिनेमा हलमा प्रदर्शन भएको प्रमाण अनिवार्य पेश गर्नुपर्ने मापडण्ड रहेकोले पनि कतिपय चलचित्रहरू पुरस्कारमा सहभागिता हुनबाट बञ्जित हुन्थे भने अर्कोतर्फ अर्कोतर्फ यस भन्दा अगाडि खस नेपाली भाषा र हिन्दु सस्कार र संस्कृतिको चलचित्रलाई मात्रै नेपाली चलचित्र मानिन्थ्यो र इतर हिन्दु तथा खस नेपाली भाषाको चलचित्रलाई नेपाली चलचित्र नभइ भाषाभाषीको चलचित्र भनिन्थ्यो ।

सम्माननीय सभामुख सुबास नेम्बाङ ज्यूको बाहुलीबाट लिम्बु समुदायको भिडियो पा:माको “उत्कृष्ट निर्देशन तथा सम्पादन सम्मान”

अग्रज चलचित्रकर्मी नविन सुब्बा, युवराज लामा लगायतको पहलमा २०६६ सालमा चलचित्र विकास बोर्डले आदिवासी समुदायले बोल्ने भाषा तथा उनीहरूले मानेको संस्कार र सस्कृतिको विषयलाई पनि समेट्ने गरि मातृभाषा प्रवद्र्धन समितिको गठन गरेर हिन्दु धर्म बाहेक अन्य धर्म संस्कार, कथा र भाषा बनेको चलचित्रले पनि सम्मान तथा पुरस्कार पाउने बाटो खुलाएपनि शुरुको चरणमा आदिवासी जनजातिहरूको चलचित्रहरू नेपाल सरकारले आयोजना गरेको चलचित्र पुरस्कारमा खासै सहभागिता हुदैनथे ।

सम्माननीय राष्ट्रपति रामबरण यादवज्यूको बाहुलीबाट राष्ट्रपति भवन सितल निवासमा “सर्बोत्कृष्ट सास्कृति चलचित्र पुरस्कार तथा सम्मान” ग्रहण गर्दै

यसै गरि वाम्बुलेले निर्देशन गरेको चलचित्र सुम्निमाले पहिलो नेपाल अन्तराष्ट्रिय चलचिल महोत्सव न्युयोर्क, अमेरिकामा सन २०१८ मा आयोजना भएको चलचित्र महोत्सवमा समेत ५ विधामा मनोनयन हुँदै सर्वोत्कृष्ट कथा विजेता चलचित्र हो ।

चन्द्र वाम्बुलेको निर्देशन, प्रवीण पुमाको लेखन, बरिष्ठ सिनेमेटोग्राफी युवराज राईको छायाङ्कन र खेजी राईको निर्माण रहेको चलचित्र सुम्निमामा प्यारी राई, प्रवीण राई, युवराज राई, जितुको वाम्बुले, रणबहादुर राई, जयसरी राई, गंगाबहादुर राई, उमेश राई, चुडामणी सुनुवार, माया नगरकोटी लगायतको अभिनय रहेको मुन्धुममा आधारित नेपाली भाषाको चलचित्र हो ।

कुलपति बैरागी काइला ज्यूको बाहुलीबाट सम्मान ग्रहण गर्दै
राष्ट्रयान सर्जक व्याकुल माइला ज्यूको बाहुलीबाट सम्मान ग्रहण गर्दै
किरात राई कलाकार संघ केन्द्रीय कार्यसमितिद्धारा प्रदान गरिएको ताम्रपत्र

Other

चन्द्र वाम्बुले जन्मिएको गाउ (मानेभञ्ज्याङ २, वाक्सा, होल्माफू, ओखलढुङ्गा)
शिक्षक तथा नृत्यकार मधुकार चौधरी
Tags: Chandra WambuleNepal NepaliNepali Nepal samacharnepali tajakhabarचलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेलाई ताम्रपत्र सहितको सम्मान
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
२९ विश्व आदिवासी दिवस

२९ विश्व आदिवासी दिवस

आछेम्मा भिडियो सार्वजानिक

आछेम्मा भिडियो सार्वजानिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In