Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

तलब लिन बोलाएर कुटपिट

एभरेष्ट न्यूज,

August 20, 2023
in समाचार
तलब लिन बोलाएर कुटपिट

श्रावण ३२, काठमाण्डौँ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा ४ रमणीय वस्तीटारमा सञ्चालित ओेर्टिक गार्मेन्टमा महिला कर्मचारीलाई तलब लिन बोलाएर कम्पनी हाताभित्र नै कुटपिट भएकोछ ।

मानेभञ्ज्याङ ३, उबूओखलढुङ्गा स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका वडा नं १ इमाडोल, ललितपुरमा बसोबास गर्दै आएको गुन्थली राईले रमणीय वस्तीटार बोजु पोखरी स्थित कमल विष्टले सञ्चालन गरेको ओेर्टिक गार्मेन्टमा मिति २०७९ मंसिर महिनादेखि कम्पनीको श्रमिकहरूलाई चिया तथा खाजा को व्यवस्थापन गर्ने कार्यमा कार्यरत राई गत २०८० जेठ महिनामा विमार भइ उपचारको लागि अस्पताल गइ केही दिन हाजिरी हुन नसक्दा सञ्चालक विष्टले पारिश्रमिक नै नदिइ कामबाट निकालेको हस्पिटलको कागजात देखाउदै पिडित राईले बताइन ।

विमारी भएको बेला कम्पनीले औषधी उपचार गर्नुपर्ने श्रम नियमवलीमा उल्लेख भएपनि आफुलाई सो कानुनबारे जानकारी नभएको र पाउनुपर्ने रकम नै नदिइ कामबाट निकालेको पिडित राईले मलिन स्वरमा बताइन ।

श्रम ऐन २०७४ अनुसार रोजगारदाताले कुनै पनि श्रमिकलाई कम्पनीमा रोजगार दिनु अगावै दुबै पक्षको सहमतिमा सम्झौता गरि श्रमिकले पाउने न्यूनतम तलब सुविधा, सामाजिक सुरक्षा योजना अन्तर्गत श्रमिकको सञ्चय कोष, औषधी उपचार, उपदान र विमा लगायतको सेवा सुविधा रोजगारदाताले अनिवार्य व्यवस्था गर्नुपर्ने तथा ट्रेड युनियन गठन गर्ने तथा सदस्य बन्ने पाउने हक अधिकार सुनिश्चत गर्नुपर्ने कानुनी व्यवस्था भएपनि सो कम्पनीले यस बारे श्रमिकको हक र अधिकारबारे केही पनि पालन नगरेको खुलेकोछ ।

श्रम ऐन अनुसार २०८० साल श्रावण अगाडिको श्रमिकहरूको दैनिक ८ घण्टा श्रम गरेवापत न्यूनतम मासिक पारिश्रमिक रु १५ हजार हुनुपर्नेमा पिडित राईलाई विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काममा खटाएर मासिक १० हजार मात्रै तलब दिइ श्रम शोषण समेत गरेको तथ्य खुलेकोछ ।

दैनिक ८ घण्टा भन्दा बढिको श्रम गरे थप अतिरक्ति तलब पाउनुपर्ने प्रावधान श्रम ऐनमा उल्लेख भएपनि आधारभूत तलब समेत महिनौसम्म नदिने, तलब कहिल्यै एक मुष्ट नदिने, धेरैचोटी मागेपछि कहिले १ हजार, कहिले १५ सय गर्दै मासिक तलब दिने गरेको पिडित राईले बताइन ।

जबकी श्रम ऐनमा कर्मचारीहरूको पारिश्रमिक आकस्मिकवालालाई काम समाप्त हुन साथ र अन्य कर्मचारीलाई महिना अबधि पुगेको १ महिना भित्र अनिवार्य दिनुपर्ने कानुनी व्यवस्था छ ।

जेठ महिनाको तलब हालसम्म नपाएको तथा विमारी भएर उपचारको लागि अस्पताल गएपछि कम्पनीले उपाचार खर्च भरण पोषण तथा विमारी विदा दिएर पिडित श्रमिकलाई सहजीकरण गरिदिनु पर्नेमा उल्टै कामबाट निकाल्ने तथा बाँकी रहेको हिसाब लिन आएको सहोदर भाउजु साराङ्गा राईलाई कम्पनीको सुपरभाइजर खुशी श्रेष्ठले हातपात गर्नुले सो कम्पनीको ज्यादती कतिसम्म होला भन्ने अनुमान पनि गर्न गाह्रोछ ।

पिडित राईको आफन्तजन, सञ्चार माध्यम, प्रहरी प्रशासन सबै कम्पनीमा पुगेपछि सञ्चालक विष्ट र सुपरभाइजर श्रेष्ठले पिडितको बाँकी रहेको ४ हजार रकम तत्कालै कर्मचारी मार्फत दिन लगाएपनि भाउजु माथि कुटपीट भएकाले प्रहरी प्रभाग इमाडोलमा जानुपर्ने पिडित राईको रहेपछि बाँकी छलफलको लागि प्रहरी प्रभाग इमाडोलमा बोलाइएको थियो ।

लोकतन्त्रको पर्याय भनेर चिनिने सञ्चार माध्यम जस्ले स्वतन्त्र रुपले समाचार संकलन, लेख्न, बोल्न तथा प्रशारण गर्ने पाउने नेपालको संविधानले नै सुनिश्चित गरेकोे सञ्चार माध्यमको हक र अधिकारलाई समेत, पत्रकार परिचय पत्र तथा प्रेसको ड्रेसमा नै घटना स्थलमा पुगेको पत्रकारहरूलाई कस्को अनुमति लिएर यहा आएको, हाम्रो अनुमति विना भिडियो खिच्ने पाउदैनस, कतिमा विकेको यूटुबर लगायतको तथानाम गाली–गलौज मात्रै होइन, पटक–पटक क्यामेरामा हातपात नै गरेको तथा महिला सञ्चारकर्मीमाथि समेत गार्मेन्ट सञ्चालक विष्टले हातपात गर्न खोजेको जस्ता अराजक हर्कत र व्यवहारले श्रमिक माथि झन कस्तो व्यवहार गर्छन होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

समाचार संकलनको प्रारम्भिक अनुसन्धानले निज सुपरभाइजर श्रेष्ठले यस भन्दा अगाडि पनि पटक–पटक कम्पनीको महिला श्रमिकहरूलाई हातपात गर्ने गरेको तथा सञ्चालक विष्टले पनि महिला होस या पुरुष श्रमिकहरूलाई धम्काउने, हातपात गर्न खोज्ने, मासिक तलब समयमा नदिने, श्रम नियमवलीमा तोकिएको अनुसारको तलब नदिने, तलब दिँदा किस्ता–किस्तामा दिने जस्ता कृयाकलाप हुँदै आएको जानकारी गोप्य स्रोतबाट प्राप्त भएको छ ।

कम्पनी सञ्चालन गर्नुपूर्व नै नेपाल सरकारले तोकेको सबै मापडण्ड पुरा गरि सम्बन्धित निकायबाट स्किृति लिइ अनिवार्य रुपमा कम्पनीको बोर्ड राख्नुपर्ने, कर्मचारीहरूलाई श्रम नियमवली अनुसारको सम्झौता गरि तलब सुविधा उपलब्ध गराउनुपर्ने, कम्पनीको परिचय पत्र बनाइदिनुपर्ने, सामाजिक सुरक्षा कोष, उपदान, औषधी उपचार तथा श्रमिकहरू ट्रेड युनियनमा संलग्न हुन पाउनुपर्ने लगायतको श्रम एनले निर्धारण गरेको आधारभूत आश्यकताको समेत परिपालाना नगरेकोे समेत खुलकोछ ।

यस ओेर्टिक गार्मेन्ट बारेको सत्य र तथ्य सहितको विस्तृत समाचारको लागि कसैको उक्सावट तथा प्रभावमा नपरि निष्पक्ष समाचारको लागि निर्वाध रुपमा समाचार संकलन गर्न सुरक्षाकर्मी तथा सम्बन्धित निकायको सहयोगको आवश्यक परेले सहयोगको लागि सबै समक्ष एभरेष्ट न्यूजले ध्यानाकर्षण पत्र मार्फत पहल समेत गरेकोछ ।

सञ्चार गृहले प्रेस स्वतन्त्रताको हक र अधिकारको प्रयोग गर्दै तथा पत्रकारिताको आचासंहिताको अक्षरश पालना गरि समाचार संकलन तथा सम्प्रेषण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकोछ ।

“श्रम ऐन २०७४”को लिंक

https://www.lawcommission.gov.np/np/wp-content/uploads/2019/04/15.%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%AE-%E0%A4%90%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AA.pdf

Tags: तलब लिन बोलाएर कुटपिट
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post
A town in 6000 residents

A town in 6000 residents

BEWARE 𝗢𝗙 𝗨𝗡𝗙𝗥𝗜𝗘𝗡𝗗𝗟𝗬 𝗙𝗥𝗜𝗘𝗡𝗗𝗦

BEWARE 𝗢𝗙 𝗨𝗡𝗙𝗥𝗜𝗘𝗡𝗗𝗟𝗬 𝗙𝗥𝗜𝗘𝗡𝗗𝗦

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In