नेपाल टेलिभिजनको बरिष्ठ पत्रकार तथा समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्पा राई र श्रीमति नैनाकला तामाङको जेठा सुपुत्र प्रस्तावहरि क्याम्पा राईको शुभ विवाह सिर्जना थापासंग असार ८ सम्पन्न भएको छ ।
बातारण विषयमा स्नातक तह अध्ययन पुरा गरेको प्रस्तावहरि तथा समाजशास्त्र विषयमा स्नातक अध्ययनरत सिर्जनाको इङ्गेजमेन्ट (मगौनी) २०७९ साल चैत्र १६ गते भएको थियो ।
प्रितीभोज काठमाण्डौको नया वानेश्वर स्थित बुद्धनगरको डिडिआइ व्याङ्कुयटमा भव्यतको साथ २०८० असार ८ गते सम्पन्न भएको हो ।
कान्छा छोरा प्रशस्ताहरी क्याम्पा राईको शुभ विवाह प्रकृति श्रेष्ठसंग गत २०७८ मंसिर २७ मा सम्पन्न भएको थियो ।
समाज शास्त्रमा स्नातक गरेका प्रशस्ताहरी र कान्छी मास्टर इन विजिनेस (व्यवस्थापन विषयमा स्नाकोत्तर) गरेको बुहारी प्रकृति थप अध्ययनका लागि हाल अस्ट्रेलियमा छन ।
ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउ पालिका वडा नं ३ (साविक उबू गा.वि.स वडा नं १ सोदु)मा बुबा मुलुकसिँह राई र माता गोठमाया राईको जेठो सुपुत्र क्याम्पा राई वाम्बुले राई जाति भित्रको क्याम्पाचो वंश हुन ।
दुर्गम गाउमा जन्मिएर नेपालको पहिलो तथा लोकप्रिय सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनमा बरिष्ठ समाचार सम्पादक तथा समाचार प्रमुख हुने समग्र राई जातिकै पहिलो व्यक्ति हुन ।
बहुभाषिक अर्थात महाजातिले चिनिने राई समुदाय भित्रका ३८ भाषा मध्ये १० भाषा लोप भइ हाल २८ भाषा जिवित रहेका मध्येको वाम्बुले भाषाको राई जातिहरू उनै अग्रज पुष्पाहरि राईको प्रेरणाले सञ्चार माध्यममा क्षेत्रमा उल्लेख्य मात्रमा छन ।
सरल र मिजासिलो क्याम्पा राई पत्रकारिताबाहेक मातृभाषा वाम्बुले तथा नेपाली साहित्यको क्षेत्रमा समेत कलम चलाउदै आउनु भएकोछ भने मातृभाषाको संरक्षणको लागि दुई दशक भन्दा लामो समयदेखि वाम्बुले राई भाषाको कविता प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयलाई पुरस्कार समेत प्रदानगर्दै आउनु भएको छ ।
हाल महालक्ष्मी नगरपालिका टिकाथली ललितपुरमा स्थायी बसोबास रहेका राईको सन्तान दुई जुम्ल्याहा छोराहरू मात्रै हुन ।


शुभ विवाहको कही झलकहरू