Saturday, August 1, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरीको सुमुधर धुनमा खीर

एभरेष्ट टेलिभिजन नेटवर्क

August 1, 2026
in समाचार
बासुरी दिवस

सामाजिक सञ्जालबाट साभार

१५ साउन, ललितपुर । ‘किरात लोकपरम्पराको निरन्तरता’ भन्ने नारासहित वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्र ले दशौँ वाम्बुले लोकपरम्परा बाँसुरी दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ।

वि.सं. २०७४ साल साउन १५ गतेदेखि मनाउन थालिएको बाँसुरी दिवस पछिल्ला केही वर्षयता विनायो वादन तथा खीर खाने परम्परा समेत समेट्दै थप आकर्षक, उत्साहपूर्ण र सांस्कृतिक महत्व बोकेको पर्वका रूपमा विकसित हुँदै आएको छ।

महालक्ष्मी नगरपालिका वडा नं १, इमाडोल, नयाँबस्तीस्थित वाम्रास केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ संस्कृतिविद् प्रेम बानियाँ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संस्थाका विशिष्ट सदस्य तथा राष्ट्रगानका रचनाकार व्याकुल माइला को विशेष उपस्थितिले कार्यक्रमको गरिमा अझ बढाएको थियो।

संस्थाका अध्यक्ष गुजरधन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश वाम्बुले सहित संस्थाका अधिकांश पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बाँसुरीवादक जीवन राईको नेतृत्वमा बाँसुरी वादनको विशेष प्रस्तुति गरिएको थियो। त्यसैगरी, वाम्रासको भ्रातृ संस्था वाम्बुले राई सांस्कृतिक कलाकार समाज ले वाम्बुले जातिको मौलिक लोकभाका राम्दले लगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो।

वाम्बुले समुदायमा विशेषगरी युवा पुस्ताबीच बाँसुरी वादन पुस्तौँदेखि जीवित लोकपरम्पराका रूपमा रहँदै आएको छ। समुदायको लोकमान्यताअनुसार साउन १ गतेदेखि १५ गतेसम्म नाचगान तथा बाजागाजा बजाउन निषेध गरिन्छ। यस अवधिमा गाउँघर सांस्कृतिक गतिविधिका दृष्टिले शान्त रहने र साउन १५ गतेदेखि मात्र बाँसुरी वादन तथा नाचगान पुनः सुरु गर्ने चलन रहिआएको छ।

वाम्बुले समुदायको मौलिक बाँसुरी परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रको केन्द्रीय समितिले वि.सं. २०७३ सालमा प्रत्येक वर्ष ‘बाँसुरी दिवस’ मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वरिष्ठ पत्रकार गणेश वाम्बुलेको संयोजनमा वि.सं. २०७४ सालदेखि बाँसुरी दिवस निरन्तर रूपमा आयोजना हुँदै आएको छ।

यसै परम्परालाई निरन्तरता दिँदै ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६, हिलेपानीस्थित मितेरी भञ्ज्याङमा पनि दशौँ बाँसुरी दिवस भव्य रूपमा मनाइएको छ। स्थानीय युवा तथा सामाजिक संघ–संस्थाहरू—सगरमाथा युवा क्लब, मितेरी युवा क्लब, सुनाखरी कोशेली युवा क्लब, फुलबारी युवा क्लब र नयाँ नेपाल सरोकार समाजको सक्रिय सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम सञ्चालनका लागि सुरेश कुमार राईको संयोजकत्वमा गगन राई सचिव र दिलीपकुमार राई सदस्य रहेको तीन सदस्यीय आयोजक समिति गठन गरिएको थियो।

मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष आश्रचन राईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। बाँसुरी वादन, सांस्कृतिक प्रस्तुति र खीर वितरणसहित सम्पन्न कार्यक्रमले स्थानीय लोकपरम्पराको संरक्षण तथा पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्। फोटो सामाजिक सञ्जालबा साभार

"बासुरी दिवस" हिलेपानी, ओखलढुङ्गा
सामाजिक सञ्जालबाट साभार

भिडियो लिंक :

Tags: FluesWambule Raiबासुरीको सुमुधर धुनमा खीरवाम्बुले राई बासुरी दिवस
ShareTweet

Related Posts

हलेसीमा तीनपाने
समाचार

हलेसीमा तीनपाने

असार १३, काठमाण्डौ । हलेसी-तुवाचुङ नगरपालिकाले "हलेसी सास्कृतिक कोशेली" नामक तीनपाने रक्सिलाई ब्राण्डिङ गर्दै स्थानीय रक्सीको उत्पादन गरेकोछ । मेयर...

June 28, 2026
५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन
समाचार

५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन

जेष्ठ -१६ बेन्डी, उदयपुर । सुनकोशी र दुधकोशीको संगम स्थल जोर्तीघाट अर्थात ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाको मिलन केन्द्र त्रिवेणीमा...

June 10, 2026
हिलेपानीमा लोकबार्ता 
एभरेष्ट टेलिभिजन नेटवर्क

हिलेपानीमा लोकबार्ता 

२९ बैशाख, काठमाण्डौँ ।  "१४ औॅ लोकबार्ता राष्ट्रिय संगोष्ठी" कार्यक्रम ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिका वडा नं ६ हिलोपानीमा आयोजना हुने भएको...

May 12, 2026
सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In