राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले श्रीमानको परिचय नखुलेको महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता महिलाकै थर अथात् मावलीकै थरबाट जन्म दर्ता गर्न देशभरिका वडालाई निर्देशन दिएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा नाबालकको बुबाको ठेगाना नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो ।
यस भन्दा अगाडि जन्म दर्ताको लागि आमा बाबुको अनिवार्य नाम थर चाहीने हुँदा धेरैको जन्म दर्ता रोकिएकोले नागरिकता राहदानी लगायतको अतिआवश्यक कागजात नबन्दा धेरै सास्ति बेहोर्नु परेको थियो ।

भिडियो लिंक
Source:
Everest News 4K



