Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

भोटो जात्रा

जेठ ११, काठमाण्डौँ ।

May 25, 2023
in समाचार
भोटो जात्रा

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए। मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो।

किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे।

डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले।

मनुष्यरुपी भूत आएर भोटो लग्यो। किसानले खोजे। पाएनन्। मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ। यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

Tags: भोटो जात्रा
ShareTweet

Related Posts

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण
एभरेष्ट टेलिभिजन नेटवर्क

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन स्मरण

३२ वर्ष अगाडि आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीक‍ो असामयिक निधन भएको थियो ।२०५० जेठ ३ गते म...

May 17, 2025
शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
Next Post

इतिहासको पानाबाट !

नेपालका डाक्टर र फार्मासिष्टले जोर्नीको स्वास्थ्यलाई पूर्ण रूपमा पुनर्स्थापित गर्ने उपाय लुकाउँछन्

नेपालका डाक्टर र फार्मासिष्टले जोर्नीको स्वास्थ्यलाई पूर्ण रूपमा पुनर्स्थापित गर्ने उपाय लुकाउँछन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In