Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

मातृभाषी पुरस्कार कवि थुलुङलाई

साउन-५, काठमाण्डौँँ ।

July 27, 2022
in Uncategorized, कला/साहित्य
मातृभाषी पुरस्कार कवि थुलुङलाई

वाम्बुले जातिको भाषा, कला, सस्कार र सस्कृति प्रवद्र्धन गर्ने उदेश्यले स्थापना भएको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि एमबी थुलुङलाई प्रदान गरिएको हो ।

राष्ट्रगान सर्जक व्याकुल माइलाको प्रमुख अतिथिमा चासुवा रेष्टुरेन्ट सातदोबाटोमा कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिएको हो ।

स्रष्टा थुलुङले वैदेशिक रोजगारीमा रहँदा समय अभावको वाबजुद एक शब्द, दुइ शब्द गर्दै गीत, कविता लेखेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अथिति सर्जक माइलाले थुलुङले भ्याइनभ्याइ कविता, गीत लेखेर पुरस्कृत हुनु भयो । हामी फुर्सद भएर पनि केही नलेखेर पछि परेको भन्दै व्याङ्ग्य पाराले साहित्यिक क्षेत्रमा लाग्नु पर्ने बतानु भयो ।

नेपाल टेलिभिजनका समाचार प्रमुख, बरिष्ठ समाचार सम्पादक तथा गीतकार पुष्पहरि क्याम्पा राईले २०५५ सालमा ‘लिब्जु–भुम्जु पुरस्कार’ स्थापना गरि हरेक वर्ष पुुरस्कार वितरण गर्दै आउनु भएको हो ।

वाम्बुले आफ्नो मातृभाषा भएको र आफुले गीत लेखेर जितेको पुरस्कार रकमबाट कोष खडा गरेको बरिष्ठ समाचार सम्पादक राईले बताउनु भयो ।

मातृभाषा प्रवद्र्धन गर्ने उदेश्यले २० हजार राशीको अक्षयकोष खडागरि स्थापना गर्नु भएको पुरस्कार, यस वर्षबाट ५० हजार रुपैया राशीको बनाउने समेत घोषणा गर्नु भयो ।

कोषकार अविनाथ राईको संयोजकमा गठन भएको पुरस्कार छनोट समितिले २०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ स्रष्टा एमबी थुलुङ राईलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कविता, गीत मध्ये उत्कृष्ट एक रचनालाई प्रदान गरिदै आएको हो । थुलुङ २० औँ पुरस्कृत स्रष्टा भएको लिब्जु भुम्जु पत्रिकाको प्रकाशक तथा सम्पादक गणेश राईले बताउनु भयो ।

कार्यक्रममा पुरस्कृत गीतको गायक राज राई र गायिका एलिना राईलाई समेत सम्मान गरियो । वाम्बुले भाषा र साहित्यलाई फराकिलो बनाउने उदेश्यले लेखक जुनसुकै जाती, भाषी भए पनि वाम्बुले भाषामा प्रकाशित उत्कृष्ट रचनालाई पुुरस्कृति गर्ने निर्णय भएको सम्पादक राईले बताउनु भयो ।

२०४८ सालबाट वाम्बुले भाषा र साहित्यलाई निरन्तर जोडदिँदैद आउनु भएको सम्पादक राईले शुरुको चरणमा निकै हण्डर व्याहोर्नु परेको समेत बताउनु भयो ।

वाम्बुले भाषाको कविता लेखनबाट भाषाको संरक्षण र प्रवद्र्धनको लागि कलम चालेको राई, वाम्बुले राई समाजको संस्थापक सदस्य र महासविच हुँदै हाल संस्थाको केन्द्रिय उपाध्यक्ष हुन ।

कान्तिपुर दैनिकको बरिष्ठ उप–सम्पादक राई कार्यसम्पादनबाट बचेको समय मातृभाषा प्रवद्र्धनमा लागीपरेको वाम्बुले अग्रज पुस्ता हुन ।

कार्यक्रममा शुभलाभ सहकारी संस्थाका अध्यक्ष तिखवीर राई, वाम्रास केन्द्रीय सचिव विकास सौगत, चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुले, सञ्चारकर्मी श्याम राई, ओखलढुङ्गा समाज दक्षिण कोरियको उपाध्यक्ष पचुराम राई, मान राई, विष्णु राई, ज्ञानु राई लगायतको उपस्थिति रहेको थियो ।

. . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

हावा सरर

 

 

ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
कुकुर र मृग

कुकुर र मृग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In