Wednesday, January 21, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्ध रिट सर्वोच्चमा रिट दायर

श्रावण १३, काठमाण्डौँ ।

August 2, 2023
in समाचार
राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्ध रिट सर्वोच्चमा रिट दायर

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने सबोच्च अदालतले ठहर गरेको छ ।

अधिवक्ता विष्णुकुमार गिरी

सर्वाेच्च अदालतको न्यायाधिश हरिप्रसाद फुयालको इजलासले ले पेश गरेको रिट निवेदन दरपिठ गर्ने सर्बाेच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलको आदेश बदर गर्दै भनेको छ, राष्ट्रपति वा अन्य उच्च पदस्थ ब्यक्तिहरुको विदेशमा उपचार गर्दा लाग्ने खर्च वा अन्य सुविधा बापतको रकम के कसरी कुन मापदण्डका आधारमा उपलब्ध गराउने भन्ने विषयमा प्रस्तुत निवेदन अन्तरनिहित रहेकाके देखिँदा नेपाल सरकार मन्त्री परिषदको मिति २०८०।०३।१२ को निर्णयको अदालतले परीक्षण गर्न सक्ने नै देखिँदा यस अदालतका रजिष्ट्रारबाट मिति २०८०।०४।०५मा भएको दरपिठ आदेश बदर गरिदिएको छ ।

सर्बोच्च अदालतको आदेशसँग अधिवत्ता गिरीले शुक्रबार रिट दर्ता गरेको हुन् उक्त रिट निवेदनको पेशी आइतबारलाई तोकेको छ ।


    सर्बोच्च अदालतलको आदेश पछि अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च ब्यहोर्ने भनी गरेको निर्णय उत्प्रेणको आदेशले बदर गर्न माग गर्दै पेश गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ ।

अधिवक्ता गिरीले गत असार २४ गते सर्बोच्च अदालतमा पेश गरेको रिट निवेदन सर्बाेच्च प्रशासनले १३ दिनसम्म दर्ता गर्न आनाकानी गरेको थियो ।

अन्ततः सवोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निक्र्यौल हुने बिषय नभएको दावी गर्दै निवेदन दरपिठ गरेकी थिइन् ।

रजिष्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष निवेदन दिएका थिए । अधिवत्ता लिलानाथ घिमिरे र रिट निबेदक अधिवत्ता बिष्णु गिरीले बहस गरेका थिए ।


राष्ट्रपति पौडेल छातीको समस्याको उपचारका लागि गत बैशाख ६ गते उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराउन गएका थिए । उनी बैशाख १७ गते उपचार गराएर फर्केका थिए । सामान्य छाति दुखेको निहुम्मा लाखौं खर्च गरेर विदेशमा उपचार गर्न गएपछि त्यसको चर्को विरोध भएको थियो ।

विरोध मत्थर पार्न त्यती बेला राष्ट्रपति कार्यालयको सचिवालयले वैश्खा १७ गते वक्तव्य जारी गर्दै उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको थियो ।

अहिले मन्त्रीपरिषदको बैठकले राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५,०२,२७९। रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको भन्दै परराष्ट्र मन्त्रालयले असार १५ गते अर्थ मन्त्रालयसँग उपचार खर्च निकासा मागेको थियो ।


कानुन अनुसार नेपाल सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने भन्ने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसैको आधारमा सरकारले तिनको स्वास्थ्य उपचार बापतको खर्च व्यहोर्ने गर्छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन् ।

मन्त्रिपरिषदको निर्णयका आधारमा राजनीतिक व्यक्तिले मनलाग्दी उपचार खर्च लिने प्रचलन बढेपछि जनस्वास्थ्य सेवा ऐन, २०७५ ल्याइएको थियो । यस ऐनमा नेपालमा सम्भव भएका उपचारका लागि विदेश जाँदा उपचार खर्च नव्यहोर्ने व्यवस्था गरिएको छ ।

ऐनको दफा ३० मा कुनै पनि व्यक्तिले विदेशमा उपचार गरेमा सरकारले खर्च उपलब्ध नगराउने भनिएको छ । ‘कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा उपचारका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, ऐनको दफा ३० मा भनिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा पनि नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख छ । ‘राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ’, ऐनमा भनिएको छ ।

विपक्षी राष्ट्रपति  पौडेललाई उपचारका लागि भारत लैजाँदा मेडिकल बोर्डको स्वीकृति लिइएको थिएन । यसरी ऐनले नदिएको उपचार खर्च सरकारले ब्यहोर्ने भनी मन्त्रीपरिषदले गरेको निर्णय दरपिट आदेशमा भनिएजस्तो नितान्त नीतिगत र कार्यपालिकाको क्षेत्राधिकारअन्तरगतको विषय मात्रै हुन नसक्ने बहसका क्रममा अधिवक्ता घिमिरेले बताएका थिए । राज्यले गर्ने खर्चमा मैले तिरेको करको रकम समेत समावेश छ ।

नागरिकले तिरेको राजस्व खर्च गर्न सरकार जवाफदेही हुनै पर्छ । राज्यलाई स्वेच्छाचारी हुन नदिन लोकतन्त्रमा शक्ति सन्तुलन, शक्ति विभाजन, राज्यका अंगहरुबीच एकले अर्काको कामको जाँच गर्न पाउने ब्यवस्था गरिन्छ । त्यसै अनुरुप कार्यपालिकाले नीतिगत निर्णयको आवरणमा गर्ने गैरकानुनी कामको परीक्षण न्यायपालिकामा हुन्छ, हुनु पर्छ, उनले भनेका थिए ।


विपक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाँदा मेडिकल बोर्डबाट सिफारिस नलिएका कारण उपचार खर्च राज्यले ब्यहोर्नु राज्यस्रोतको दुरुपयोग भएको रिट निवेदक अधिवक्ता गिरीको दावी छ । हरेक नागरिकबाट कर संकलन गरेर बजेट बनाउने सरकारले यसरी विशिष्ट ब्यक्तिका नाममा गैरकानुनी रुपमा खर्च गर्न मिल्दैन ।

पत्रकार समेत रहेका रिट निबेदक अधिवत्ता गिरीले विपक्षी राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो उपचार खर्च आफैं ब्यहोर्न सक्षम हुनुहुन्छ । त्यसमा पनि निज आफैंले आफ्नो उपचार खर्च आफैंले बेहोर्न चाहेको सार्बजनिक रुपमा बताइसकेको अबस्थामा नेपाल सरकारले राष्ट्रको ढुकुटीबाटै बेहोर्नु खोज्नु राष्ट्रको ढिकुटी रित्ताउन खोज्नु हो अधिवक्ता गिरीले बताउनु भयो ।

Tags: राष्ट्रपतिको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्ध रिट सर्वोच्चमा रिट दायर
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
मगर, तामाङ लगायत समुदायबारे विवादास्पक अभिव्यक्ति दिएका अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी

मगर, तामाङ लगायत समुदायबारे विवादास्पक अभिव्यक्ति दिएका अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी

साइबर अपराधमा संलग्न प्रतिवादी इन्टरपोलको सहयोगमा पक्राउ

साइबर अपराधमा संलग्न प्रतिवादी इन्टरपोलको सहयोगमा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In