सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ रमईले बुधबार राती रेन्चु प्रहारगरि फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।
घटनापश्चात घाइते वाइवालाई तत्कालै काठमाण्डौँ बौद्ध स्थित स्तुपा अस्पतालमा भर्ना गरिएपनि उनको अबस्था सामान्य रहेकोले डिस्चार्ज भएको निकट स्रोतबाट जानकारी प्राप्त भएको छ । लेनदेनको विषयमा विवाद हुँदा साथीले रेन्चु प्रहार गरेको बताइएको छ ।