Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

श्वेतकालीको १२ वर्षे नाच

पुष-१९, काठमाण्डौँ ।

January 5, 2024
in समाचार
श्वेतकालीको १२ वर्षे नाच

इन्द्रमान महर्जन ।

न्यतभुलु अजिमा  अर्थात श्वेतकालीको १२ वर्षे नाच पर्व सम्पन्न भएको छ । अजिमा प्राचिन नाच ललितपुर स्थित मंगलबजार परिसरमा प्रदर्शन भएको हो ।

संस्कृतिको धरोहर भनेर मूलतः काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर तथा बनेपा, काभ्रे देखि दोलखा सम्मलाई लिने गरिन्छ । ऐतिहासिक कालखण्ड देखि विकास हुँदै आएको राजधानी काठमाडौं भित्र सञ्चालन भएका विभिन्न जात्राको सुरुवात मल्लकालिन समयदेखि भएको पाईन्छ ।

यसैको उदाहरणहरु मध्ये एक हो श्री न्यतभुलु अजिमा नरदेवीको नाच पनि हो । ऐतिहासिकता र सभ्यता खोतल्दै जाने क्रममा श्री,नरदेवीको मन्दिर स्थापना भने लिच्छविकालीन राजा गुणकामदेवको पालामा भए संगै श्री न्यतभुलु (इंतभुलु/श्वेतकाली)अजिमा नरदेवी को देवी नाच पर्व मल्लकालिन राजा अमर मल्लको पालामा शुभारम्भ भएको मानिन्छ ।

यो संगै तत्कालीन मल्लकालिन राजा अमर मल्लले सांस्कृतिक रुपले विभिन्न जात्रा तथा देवदेवीहरुको नृत्यका साथसाथै अरु सांस्कृतिक पर्व पनि संगै सुरुवात गराएको मानिन्छ ।

यिनै श्री देवीले मानव जगत कल्याण उद्धारका निम्ति शक्तिस्वरूपमा दर्शन दिनुभएको महान दिनका रुपमा सम्झना स्वरुप हरेक वर्ष तत्कालीन कान्तिपुर नगरको महान पर्व पाहाँचह्रे अर्थात पिशाच चतुर्दशीको दिन नरदेवी स्थित न्यतभुलु अजिमा देवीको मन्दिर अगाडि रहेको मूल डवलीमा श्री देवीको नाच प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ, जुन हालसम्म पनि कायम छ। जसमा स्थानीय ज्यापु समुदाय र उदाय (तुलाधर) समुदायको व्यक्तिहरुको मूल सक्रियतामा यो नाच सञ्चालन हुँदै आइरहेको छ।

यसै १२ बर्षे पर्व परम्परा अन्तर्गत श्री न्यतभुलु अजिमा नरदेवीको मूल देव घरबाट देवगण निकालिए संगै पाहाँचह्रे अर्थात पिशाच चतुर्दशीको दिन श्री तत्कालीन कान्तिपुर नगरको महान पर्व पाहाँचह्रे पिशाच चतुर्दशीको दिन नरदेवी स्थित न्यतभुलु अजिमा देवीको मन्दिर अगाडि रहेको मूल डवलीमा श्री देवीको नाच प्रदर्शन गरेसंगै सुरु भएको उक्त जात्रा अन्तर्गत न्यतभुलु (नरदेवी/श्वेतकाली) अजिमाको नाच प्राचीन ललितपुर नगर परिसरमा रहेको मंगलबजार परिसरमा रहेको कृष्ण मन्दिर अगाडिको डबलीमा प्रदर्शन गरिन्छ । उक्त नाच अन्तर्गत कुमारी भैरव गणेश लगायत विभिन्न देवदेवीको नाच प्रदर्शन गरिएको हो ।

Tags: श्वेतकालीको १२ वर्षे नाच
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
तलेजू भवानीको नेपाल प्रवेश

तलेजू भवानीको नेपाल प्रवेश

गाँजा

गाँजा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In