Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सत्य र झुटको संसार

August 31, 2023
in Uncategorized
सत्य र झुटको संसार

एक दिन सत्य र झुटको भेट भयो । झुटले सत्यलाई भन्यो, ‘आज बडो रमाइलो घमाइलो दिन छ सँगै खेलौं ।
हुन पनि त्यो दिन अद्भुत नै थियो, हेर्दै राम्रो । चुपचाप बस्नै मन नलाग्ने किसिमको । सत्यले झुटको कुरा नकार्ने कारण थिएन । दुवैले धेरैबेर प्रकृतिमा डुल्दै खेल्दै रमाए । डुल्दा डुल्दै मध्य दिनमा उनीहरू एउटा इनार नजिकै पुगे । झुटले सत्यलाई फकायो, ‘उखर्माउलो गर्मी छ । हिँड्दा हिँड्दा असिनपसिन नै भइयो । अब इनारमा पसौं र मज्जाले नुहाऔं ।’ यसमा पनि सत्यले नकारेन । दुवैले सबै लुगा फुकाले र सर्वांग नग्न भएर इनारभित्र डुबुल्की मारे ।

केहीबेर इनारमा नुहाएपछि झुट कुनै बहाना बनाएर इनारबाट बाहिर निस्क्यो । आफ्ना लुगा पोको पारेर बोक्यो । आफू भने सत्यका सबै लुगा लगाएर हिँड्यो । झुटले आफ्ना लुगा लगाएर हिँडेको चाल पाएपछि पनि सोच्यो कि झुट जिस्किरहेको छ । तर झुट निकैबेरमा पनि फर्किएन । त्यसपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिरिएर झुटलाई खोज्न निस्कियो । ऊ झुटलाई खोज्दै निकै परसम्म पुग्यो ।
मानिसले उसको कुरा सुन्दै सुनेनन्, बरु नांगै हिँडेको सत्यलाई देखेर दुनियाँले नाक खुम्च्याए र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । सत्यले कसै गरे पनि झुटलाई भेटेन । न उसले कसैको सहयोग नै पायो । विचरा सत्य फेरि उही इनारमा फर्केर पानीभित्र लाज लुकाउन सदाको निम्ति गायब भयो । अनि झुट त्यस बेलादेखि नै सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ ।

सत्यको आवरणमा ढाकिएको झुटलाई सबैले मन पराएका छन् । नग्न सत्यको रूपलाई समाजले स्विकार्न चाहेको छैन । त्यसैले नग्न सत्य गायब छ । लुकिराखेकै छ । वास्तवमा सत्यको समस्या नै यही हो । सत्यलाई पहिरन वा आवरणका आधारमा छुट्याउन सकिँदैन । भन्न त भनिन्छ, आवरण जस्तो भए पनि सत्य सधैं पुज्य हुन्छ तर व्यावहारिकरूपमा यो एकदमै कठिन हुन्छ । सत्यभन्दा झुटमा कृत्रिम नै भए पनि चमक बढी हुन्छ । झुटसँग तर्क बढी हुन्छ ।

ज्ञान नै सत्य हो । तर यो विविध हुन्छ । सत्य सधैं आफूले बनाएको सत्यताको जगमा उभिएको हुन्छ तर सत्यताको जग समय र मानिस अनुसार फरक फरक हुन पुग्छ । किनभने जब सत्य फैलिन्छ तब मानिसले त्यसलाई आफ्नो किसिमको व्याख्या मिसाइदिन्छन् । मिसिएको व्याख्याले सत्य सुन्ने र थाहा पाउनेहरूले क्षमताअनुसार बुझ्छन् । ज्ञान परिवर्तन हुन्छ । अझ आफ्नो स्वार्थको हिसाबले मानिस ज्ञान र सत्यलाई तोडमोड पनि गर्दिन्छन् । यसैले उही सत्य पनि मानिस र समयअनुसार फरक पर्दै जान्छ ।

अंग्रेजीमा भनाइ छ, ‘झुटले संसारको दुई फन्को लगाइसक्दा सत्य घरबाट निस्कन भर्खर जुत्ताको तुना कस्दै हुन्छ ।’ यसको अर्थ हुन्छ, ‘सत्य ढिलो गरी एक ठाउँबाट अर्को ठाउँ पुग्छ तर झुटको फैलावटको गति तीव्र हुन्छ ।’

Tags: सत्य र झुटको संसार
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
ढ्वाङ्कुम चाड

ढ्वाङ्कुम चाड

श्रीलंकामा बिशाल ढुंगामा ‘रावणको दरबार’, ८ सय फिट माथि पाैडी पाेखरी

श्रीलंकामा बिशाल ढुंगामा ‘रावणको दरबार’, ८ सय फिट माथि पाैडी पाेखरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In