Sunday, May 10, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

ढ्वाङ्कुम चाड

भदौ १४, काठमाण्डौँ ।

September 2, 2023
in समाचार
ढ्वाङ्कुम चाड

प्रकृति पुजक किरात वाम्बुले राई जातिको महान चाड ढ्वाङ्कुम पर्व उल्लासमयपूर्वक मानएकाछन । ओखलढुङ्गाको उबू चौरास, अर्थात वाम्ड्याल उद्गम स्थल मानिने वाम्बुले समुदायको मुख्य बसोबास थलो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकोे दक्षिणी भेग, लगायत सुनकोशी र दुधकोशीको संगम स्थलको आसपासमा बासोबास गर्ने वाम्बुले समुदाय किरात राई जाति भित्रको विभिन्न भाषा–भाषी र जाति माध्ये भाषीक, सास्कृतिक र पहिचानको हिसाबले सशक्त जाति हुन ।

कृषीमा निर्भर वाम्बुले समुदाय प्रविधिको विकाससङ्गै अबसरको खोजीमा देश तथा विदेशको विभिन्न स्थानमाहरूमा अस्थायी तथा स्थायी बसोबास गरेका वाम्बुले समुदायले आफ्नो मौलिक चाडपर्वलाई उल्लासको साथ मनाउदै आएकाहुन ।

यसैक्रममा काठमाण्डौँ उपत्यकामा रहेका वाम्बुले राईहरूले यस वर्षबाट ललितपुरको हात्तीवनमा भव्यताको साथ मनाएकाछन ।
वाम्बुले राई समाज, केन्द्रीय कार्यसमितिद्धारा आयोजित कार्यक्रम यस भन्दा अगाडि कार्यालयको भवन इमाडोलमा ढ्वाङ्कुमको अबसरमा भेटघाट कार्याक्रमको आयोजना गरेपनि यस बर्ष सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख अतिथ्यमा हात्तीबन ललितपुरमा आयोजना गरिएको हो । कार्यक्रममा वाम्रास संस्थाको पहलमा लिब्जु थानको व्यवस्थापन गरि पुजाआज गरि मनाएकाछन ।

परापूर्वकालमा जंगलमा शिकार गर्न जाँदा वाम्बुले कुल पुजारी नाक्सोले जमुनाको रुखमा एउटा नाबालक बच्चा भेटेको र सो बच्चाको पालनपोषण गर्न थालेपछि सो परिवारलाई फलिफाप हुन थालेपछि गाउलेहरूलाई इर्या लाग्यो र छलकपट गरि सो बालकलाई गाउ निकाला गरेपछि अशुभ भई लामो समय अनिष्ठा भइ गाउमा रोग व्याध, अनिकालले हाहाकार भएपछि फेरी सो बालकलाई फर्काउदा रोग व्याध हट्नुको साथै वर्ष भई सबै हराभरा भएकोले त्यसैको खुशीयालीमा प्रकृति, कुल, देवीदेवता सबैको एकैसाथ सामुहिक पुजा गर्ने प्रथा रहेको र यसलाई वाम्बुले भाषामा ढ्वाङ्कुम भनिएको जानकारहरू बताउछन ।

त्यस बखत फार्काइएको देवता लाई ल्अिब्जु अर्थात युग फर्काउने देवता भनियो र सो देवता कालन्तरमा बस्तिको शिखरमा थान बनाइ चोखो नितो पुजा आज गरे सधै सुख शान्ती समृद्ध हुने बताएर लोप भएकोले बैशाखपूर्णिमा अर्थात बुद्धजन्तीको अबसरमा लिब्जुको मुल थान ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिका वडा नं २ वाक्सामा भव्य मेला समेत लाग्ने गर्दछ ।

ढ्वाङकुम उत्सव खासगरि मुलथातथलो ओखलढुङ्गा जिल्लाको वाक्सा स्थिति साउनेमा पहिलोचोटी शुरुवात भएको र पछि विस्तारै उबू, वाक्सा,फस्कु, मानेभञ्ज्याङ उदयपुर, यसैगरि खोटाङ जिल्लाको झापा दाम्ली हुँदै सुनसरीको धरान, पानामारा, झापाको शनिश्चरे, उदयपुरको कटारीमा समेत वाम्बुले समुदायले ढ्वाङकुम मनाउने गरेकोछ ।

वाम्बुले समुदायको मौलिक तथा पहिचानसंग जोडिएको ढ्वाङ्कुम पछिल्लो दिनमा भने बढि व्यपारिक र भड्किलो हुँदै गाएको वाम्बुले समुदायको सस्कृतिकर्मीको चिन्ता छ ।

पछिल्लो समयमा विभिन्न सास्कृतिक कार्याक्रमहरूको आयोजना गरि पुस्तौदेखि चलिआएको मौलिक नाचगानलाई बहिस्कार गर्ने, स्वेछिक रुपले लगाउदै आएको पहिरनमा समेत एकरुपता ल्याउन वाम्रास संस्थाको निर्णय गरेको वाम्बुले पहिरनले सिमित व्यापारीहरूलाई फाइदा पुग्ने परिस्थिति, विधि र प्रकृया पु¥्याएर मौलिक देवता कुलको पुजाआज गर्नु भन्दा गहन अध्ययन नै नगरि लहैलहडमा लागेर गरिने पुजाआज र मानिने देवताले प्रकृति र मानव समुदाय र आजको समाजलाई कस्तो प्रभावपार्छ ।यसबारे पनि गहन रुपले अध्ययन गरेर मात्रै थातथलोमा मानिएको तथा पुजिएको कुल तथा देवी देवतालाई अन्यत्र सार्नु वा पुज्न उचित हुन्छ ।

ललितपुरको हात्तीवनमा २०८० सालमा स्थापना गरिएको लिब्जु थान

आदिवासी सम्बन्धीको अन्तराष्ट्रिय महासन्धी र आदिवासीहरूको जानकार अनुसार अरु घुमन्ते जस्तो जहा गयो त्यही आफ्नो कुल तथा देवीदेवता नजाने अर्थात आदिवासीको थातथलो निश्चित स्थानबाट नसर्ने विश्वव्यापी मान्यता भएकै कारण जल जमिन लगायतमा उनीहरूको विशेष अधिकार रहेको विश्वव्यपी मान्यतालाई पनि आधार मानेर थातथलोको कुल देवता तथा सिमेभूमेलाई अन्यत्र सार्ने वा नसार्ने विषयमा अन्तराष्ट्रिय सिद्धान्तलाई समेत मनन गर्नु अपरिहार्य हो ।

Tags: ढ्वाङ्कुम चाड
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
श्रीलंकामा बिशाल ढुंगामा ‘रावणको दरबार’, ८ सय फिट माथि पाैडी पाेखरी

श्रीलंकामा बिशाल ढुंगामा ‘रावणको दरबार’, ८ सय फिट माथि पाैडी पाेखरी

सुत्केरी बोकेको गाडी रोकेपछि सिँहदरबार जलाउने बालेनको धम्की

सुत्केरी बोकेको गाडी रोकेपछि सिँहदरबार जलाउने बालेनको धम्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In