Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सहरकारीको लाखौँ रकम हिनामिना गरि दम्पति नै फरार

असार ११, काठमाण्डौँ ।

July 11, 2023
in समाचार
सहरकारीको लाखौँ रकम हिनामिना गरि दम्पति नै फरार

गोर्खा सेभिङ एण्ड क्रेडिट सहकारी सातदोबाटो ललितपुरका कर्मचारी रुपान्जीत राईले सोही सहकारीका निक्षेपकर्ता तथा ऋणीहरूको लाखौँ रकम हिनामिना गरेर सम्पर्क विहिन भएपछि धेरै जनाको बिचल्नी भएको छ ।

गोर्खा सेभिङ सहकारीको रकम सङ्कलक कर्मचारी राईले निक्षेपकर्ताले जम्म गरेको रकम कार्यालयमा नबुझाएको, ऋणीहरूले भुक्तानी गरेको रकम हिनामिना गरेको, सहकारीमा रहेको कागजात तथा हस्ताक्षर किर्तेगरि विभिन्न सहकारीबाट ऋण लिएको तथा आफन्तजनलाई विश्वासमा पारी उनीहरूको नामबाट विभिन्न सहकारीबाट ऋण लिएर चुक्ता नगरेको लगायतको तथ्यहरू फेला परेको छ ।

भिडियो लिंक

मानेभञ्ज्याङ गाउपालिका वडा नं ५, उयदपुर सिरानटोल, ओखलढुङ्गा निवासी राईले सहकारीको खातामा जम्मा गरेको रकम हिनामिना तथा विभिन्न व्यक्तिहरूको कागजात तथा सही किर्ते गरेर ऋण लिएको थाहापाएपछि निज राईलाई ठगी तथा किर्तेमा उजुरी परेपछि प्रहरीले पक्राउ गरि थुनुमा राखेको राईलाई ३ तीन दिन भित्र सबै रकम फिर्ता गर्ने गरि अभियुक्त राईको श्रीमति रमा राईको जमानीमा प्रहरी कार्यालय पाटन स्थित मंगलबजार, ललितपुरबाट रिहा भए लगत्तै सम्पर्क विहीन भएकोले २०६७ साल माघ महिनादेखि नै श्रीमान रुपान्जीत राई र श्रीमति रमा राई दुबै जना प्रहरीको फरार सूचिमा छन ।

लामो समयदेखि मिडिया हाउस सञ्चालन गर्दै आएको एभरेष्ट कल्चर मिडिया एकेडेमीको प्रबन्ध निर्देशक, सञ्चारकर्मी तथा चलचित्र निर्देशक चन्द्र वाम्बुलेसंग शुरुमा साझेदारीमा सवारी चालक अर्थात ड्राइभिङ प्रशिक्षण व्यवसाय उत्साहजनक हुने प्रस्ताव पटकपटक गरेको र राईसंग समेत मारुती कार रहेकोले सोही अनुरुप सझेदारीमा सवारी चालक प्रशिक्षण सञ्चालन गरेपछि राईले आफ्नो सहोदर दिदी छकीमाया राईको श्रीमान उबू गाविस वडा नं ८, घ्रिम्दी निवासी सुभराज राईलाई विदेश पठाउदा लिएको ऋणले साह्रै गाह्रो पारेको र भेनाको पनि शुरुको अवस्थामा त्यति राम्रो तलब सुविधा नभएकोले भेनाको लागि लिइएको ऋण तुरुन्त चुक्ता गर्नुपर्ने भएकोले १ लाख रकम चाहिने र आफु कर्मचारी भएकोले सहकारीले ऋण दिन नमिल्ने भन्दै वाम्बुलेको नामबाट ऋण लिनको लागि सबै प्रकृया तथा व्यवस्था आफुले मिलाउने र केबल हस्ताक्षर मात्रै गरिदिए पुग्ने भनेर आग्रह गरेको थियो ।

अरुको लागि आफ्नो नामबाट ऋण लिँदा पछि झमेलामा परिन्छ भन्ने राम्रै जानकार वाम्बुलेले उनको आग्रहलार्ई स्वीकार गरेन ।

साझेदारीमा सञ्चालन भएको ड्राइभिङ एकेडेमीको आय समेत एकदम आपतमा परेको भन्दै सबै हिसाब उनै राईले मात्रै लिएर कार्यालयमा रकम नबुझाएपछि राईको कार्यशैली र व्यावहार दिगोपन नहुने छनक वाम्बलेले पाइसकेको थियो ।

२०५७ सालबाट नै मिडिया हाउस सञ्चालन गर्दै आएका वाम्बुलेलाई कुनै पनि व्यवसाय कसरी चल्छ र सहकार्यमा भएकोहरूको भूमिका पनि कस्तो हुन्छ भन्ने कुराबारे राम्रै जानकार थियो ।

केही समयपछि रुपाञ्जीत राईकै सहारामा बसोबास गर्दै आएको सहोदर दिदी छकी माया राईले आफ्नो नेपाली नागरिकताको प्रमाण पत्र नबनाएको र प्रायागपोखरी, लगनखेल, ललितपुरमा खाजा पसल व्यवसाय सञ्चालन गर्न केही रकम अति आवश्यक परेकोले सहयोग गरे ठुलो धर्म हुने र ऋण चुक्ताको विषयमा दिदी, भाइ तथा श्रीमान सुवास राईले पठाएको रकम समेत गरि ३ जनाको कमाइबाट सकेसम्म छिट्टै चुक्ता गर्ने सर्तमा तथा पसल सञ्चालनको तयारी भएपछि मात्रै वाम्बुले सहमति भएर ऋण लिन मन्जुर भएको हुन ।

रुपान्जीत राईको सहोदर दिदी छकी माया राई

सर्त मुताविक छकीमाया राईले खाजा पसल सञ्चालन गरेर शुरुको केही अबधीसम्म रुपान्जीत राई तथा निजको दिदी छकी माया राईले सहकारीको किस्ता समेत बुझाउदै आएका हुन ।

पछि वाम्बुलेलाई कुनै जानकारी नै नगरि पसल बेचविखन गरेको तथा गोर्खा सेभिङको ऋण समेत चुक्ता नगरेपछि सहकारी कार्यालयबाट वाम्बुलेलाई फोन सम्पर्क गरेपछि रुपान्जीत राई तथा दिदी झकीमाया राईले समयमा ऋण चुक्ता नगर्ने आशय बुझेपछि वाम्बुलेले रुपान्जीत राईलाई एभरेष्ट कल्चर मिडिया एकेडेमीको कार्यालय लगनखेलमा नै सरसल्लाहको लागि बोलाएर भिडियो रेकर्ड समेत गरेका हुन ।

https://everesthd.tv/wp-content/uploads/2023/07/Rupan-Only-Finl-for-News.mp4

रुपान्जीत राईको अनुसार उनकै कोठामा दिदि छकी माया राईसङ्गै सरसल्लाह गर्ने प्रस्ताव गरेपनि राईको कोठामा भिडियो कैद गर्न असहज हुनेभएपछि यस पटकको भेट एभरेष्टको कार्यालयमा नै गर्ने वाम्बुलेले राईलाई सहमति गराएको थियो ।

अन्यथा अधिकांश सरसल्लाह रुपान्जीत राईकै निवास इमाडोलमा खाना वा खाजाको व्यवस्था सहितको हुने गरेको थियो ।

सहकारीमा राम्रै तलब सुविधा पाएको तथा कारमा सवार राईले केही समयदेखि आर्थिक कारोबारो विगार्दै आएपछि र सहकारी तथा विभिन्न व्यक्तिहरूको रकम हिनामिना गरेपछि ठगी तथा किर्ते मुद्धामा पाटन मंगलबजार, ललितपुर प्रहरीले प्रक्राउ गरि हिरासतमा राखेपछि अधिकांश पिडितहरू जम्मा भएर लगभग ४२ लाख जति रकम हिनामिना भएको तथ्या फेला परेको हो ।

प्रहरी हिरासतबाट राईलाई श्रीमति रमा राईले रिहा गरेर सम्पर्क विहीन भएपछि सहकारीले फेरी खबर गर्यो र तत्कालै उबू गाविस वडा न ९ दार्बु निवासी विष्णु राई मार्फत छकी माया राईको बसोबास गरेको स्थान भैसेपाटी स्थित नख्खु खोलामा नै पुगेर सहकारीको बाँकी ऋणबारे सोधीखोजी गर्दा छकीमाया राईले बाँकी रहेको ऋण आफुले चुक्ता गर्ने र सहकारीमा उपिस्थत भई ऋण नामसारी वा सहकारीको रोबरमा कागजात गरि जिम्म लिने सर्तमा फर्केको हुन ।

तर भोली पल्ट छकीमाया राई आफु अपरझट काठमाण्डौँ उपत्याका बाहिर जानु पर्ने काम विशेष परेकोले नामसारी वा कुनै कागजात नगरि केही समयमा नै ऋण चुक्ता गर्ने बचन दिएपनि हालसम्म भुक्तानी नगरेकोले फेरी रुपान्जीत राईको खोजी कार्य शुरु भएको हो ।

Tags: सहरकारीको लाखौँ रकम हिनामिना गरि दम्पति नै फरार
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
ललित निवास प्रकरणमा भाटभोटेनीको सञ्चालक मिन गुरुङ पक्राउ

ललित निवास प्रकरणमा भाटभोटेनीको सञ्चालक मिन गुरुङ पक्राउ

काठमाण्डौ को पशुपतिनाथ क्षेत्रमा बुद्ध माथि भएको अपमान

काठमाण्डौ को पशुपतिनाथ क्षेत्रमा बुद्ध माथि भएको अपमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In