मुम्बईका चर्चित नेपालमा गुमनाम सम्पदा मल्ल
६ वर्ष भारतका चर्चित टिभी सिरियल ‘यह रिस्ता क्या कहलाता है’, ‘इस्कका रंग सफेद’लगायतमा पटकथा लेखेकी सम्पदा मल्लको डेब्यू फिल्म हो, ‘कठपुतली’। उनले हरर विधाको कथा लेखेकी छन् ।
सात कक्षा पढ्दा उनले हलिउड फिल्म ‘क्याराभान’को रिभ्यु लेखेकी थिइन् । ११ वर्षमा कान्तिपुर कोसेलीमा प्रकाशित भएपछि बाल लेखनमा उर्जा मिल्यो ।
कथालाई फिल्मको टेक्निकल दुनियासँग कसरी जोडिन्छ भन्ने उनको चासोले गर्दा उनलाई दिल्ली पुर्यायो जहाँँ बलिउड हस्ती अनिल कपुर र बोनी कपुर संस्थापक भएको नोयडास्थित ‘एशियन एकेडेमी फिल्म एण्ड टीभी’ कलेजमा माष्टर पढ्न थालिन । त्यहाँ दुई वर्षको पढाइ पूरा गरेपछि उनलाई मुम्बई फिल्म नगरीले तान्यो ।
इन्टरटीभी इम्यागाजिनका लागि नक्सलाइटका बारेमा शो लेखिरहेकी उन्लाई चन्दन सिंहले मुम्बई बोलाए ।
सिरियल लेखक चन्दन सिंहले लगे ‘तलास’ फिल्मको प्रोडक्सन टिममा मासिक ५ हाजार तलबमा जुन जिउनका लागि पर्याप्त नभएकोले बिकल्पको खोजी गर्दागर्दै ‘तलास’लाई कनर्फम नगर्दै अर्का सिरियल राइटर ‘सबा मुम्ताज’ को स्क्रीप्ट राइटर असिस्टेनको अफर आयो ३० हजार रूपैयाँ तलबमा । यस्मा उन्ले प्राप्त गरेकी पहिलो संघर्षपूर्ण सफलताका कारण ‘ए रिस्ता क्या कहेलागा’ लाई निरन्तर लेख्न पाइन । साथै नाभ्या-स्टार प्लस, भाग्य विधाता-कलर्स, पर्वरिस जस्ता सिरियलमा उनले स्क्रीप्ट असिस्टेन गरिन ।
प्रतिभालाई सम्मान गर्ने मुम्बइ नगरीमा अथक संघर्षका कारण आफूलाई चिनाउन सफल भइन उनी ।
मुम्बईमा सेकेण्ड सिटिजन हुनुभन्दा नेपालमा फर्स्ट पिपुल भएर काम गर्ने मन भएर उनी नेपाल फर्किइन ।
नेपाल र मुम्बईमा फोकस गरेर काम गर्न चाहेकी उनले निरन्तर काम पाइरहेकी छिन् ।
जीवनको छोटो समयमा सम्पदालाई मुम्बईले धेरै सिकाएको छ । काठमाडौंमा घरभित्र बसेर लेखिरहने स्वभावका कारण उनको नेपाल बसाइ धेरैलाई थाहा छैन, तर उनी मुम्बईका चर्चित पटकाथा लेखिका हुन ।
उज्वल भबिस्यको कामना!