Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

स्मरणमा फोकुल

February 17, 2026
in समाचार

स्मरणमा फोकुल

May 7, 2020 Everest News कला/साहित्य 0

प्रेम वाम्बुले

बैशाख २५, काठमाण्डौँ । लिब्जु र भुम्जु एकै साथ देखिने सानो अनि मिलेकोे थुम्को मुनि फैलिएको गाउ हो फोकुल ।

सुनकोशी र दुधकोशीको संगम स्थलबाट पुर्वमा रहेको फकुल, जिल्ला सदरमुकाम ओखलढुङ्गाबाट दक्षिणपश्चिम क्षेत्रमा पर्छ ।

हलेसी नजिकै रहेको गेलुङ शिरबाट उदाएको घामको सुनौलो किरणसंगै चम्किने फोकुल, सांझपरेपछि मानेभञ्ज्याङको छितिजमा डुबेको सुर्यसंगै बासमा तम्सिन्छ फोकुल ।

परापुर्वकालमा वाम्बुले राई जातिको पुर्खाहरू फोकुल गाउँ नजिकैको ओडारमा बसोबास गरेकाले उक्त ओडारलाई फो–कुडू अर्थात ओडार–घरबाट अपभ्रंस भइ फोकुल हुन गएको यस गाउँमा हाल झण्डै एक सय घर संख्या वाम्बुले राई जातिको बसोबास रहेको छ ।

क्याम्पाचो, बोडम, मुक्काचो, ब्राङख्याल्चो, लुवारी लगायतका पाछाहरूका बसोबास रहेका यस गाउँमा सबै भन्दा बढि जनसंख्या क्याक्पाचो र बोढ्वामहरू रहेकाछन ।

मुख्य बाली धान, मकै, गहु, कोदो, फाफर, गहत, मस्याङ, बोडी, भटमास, बदाम, फर्सी, तरुल आदी रहेको यस गाउमा सिचाइको लागि दिक्षण भेगको करिब ६ कि.मी पर्ने रोम्दो खोलाबाट कुलो मार्फत व्यबस्था गरिएको छ ।

भौतिक विकासमा सधै अग्रसर सर्ने फोकुल हाल प्राथमिक तहको विद्यालय छ भने खानेपानी, सडक लगायतको पुर्वधार विकास भइसकेकोछ ।

कृषीमा मुख्य निरभर फकुल खासगरि बैदेशिक रोजगारीमा अधिकांश युवाहरूरहेकाछन ।
खाँडी मुलक लगायत यूरोपका विभिन्न देशमा रहेको युवावर्ग ब्रिटिश सेना मार्फत भारतीय,सिङ्गापुर र बेलायत सेनामा समेत कार्यरतछन् ।

शिक्षाण, स्वस्थ्य लगायत सरकारी तथा निजि क्षेत्रका सेवामा आबद्धरेहका फकुलेहरू कुलपुजा खाउमो, पुषे, न्वागी, फेली लगायतको विधिबाट मुन्धुम फलाक्दै पितृहरूहरूको भाग बुझाउने प्रचलनछ ।

मुख्या चाड ढ्वाङ्कुम, भूमे (उभौली), उधैली, साउने संक्रान्ति, माघे संक्रान्ति, दशै तिहार लगायतको मुख्य चाड मान्ने यस गाउमा नाक्सो बचत तथा ऋण सहकारी संस्था समेत संचालनमा रहेकोछ ।

कला र साहित्यको लागि पनि उत्तिकै लागि पर्ने फकुल केही अग्रज युवाहरूको सकृयतामा रेडियो नेपालमा समेत वाम्बुले राई भाषाको गीतहरू रेकर्ड भइसकेकोछ भने फकुल सन्देश नामक मुख पत्र समेत प्रकाशन भइसकेकोछ ।

त्यसैगरि केही युवा वर्गहरू (पुरुष तथा महिला) क्षेत्रिय तथा राष्ट्रिय स्तरको कविता तथा विभिन्न साहित्य महोत्सवहरूमा समते सकृयारुपमा सहभागी भइ पुरस्कृत समेत भएकाछन ।

तिनै स्वर्गीय फोकुलको ताजा स्मरणमा केही दुरीको दूरमा काकाकुल भएर बाचेकोछु यतिखेर म ।
विश्व नै (कोभिड १९) कोरोना महामारीले आक्रन्त बनेको बेला मेरो गाउँ सुन्दर, शान्त अनि भए रहित छ ।

त्यहा न कुनै महामारी छ न कुनै डर छ । त्यहा त बरु बसन्त फुलेको छ । त्यहा त बरु स्वर्ग झरेको छ ।

बाल्यकालदेखि बचपनसम्म मैले यस्तो किसिमको छट्पटि र पिडा मैले कहिल्यै भोग्नु परेन म त्यही भूमिमा हुँदा ।

यति सुन्दर, शान्त, मनमोहक प्रकृतिक छटाले हराभर मेरो जन्मभूमिलाई स्रमण गर्नु बाहेक केहीछैन मसंग ।

म आज परन्तु तिनै मेरो जन्मभूमि सधै यतिकै स्वर्ग जतिको पवित्र रहिरहोस म सधै यहि कामनाको साथ सम्झिरहनेछु ।

लेखक प्रेम वाम्बुले चलचित्र सुम्निमाकोकार्यकारी निर्माता हुन ।

ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

प्रेम र जातीय भेदभाव !

हर्षको फोकुल कुलो आयोजना, अनियमितताले छताछुल्ला ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In