Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home अपराध

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक

February 16, 2026
in अपराध

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन् ।

पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरेको पाइएको छ । ‘उत्तरपुस्तिकामा दिइएको नम्बर र क्याम्पसमार्फत उपलब्ध गराइने मार्कसिटमा नम्बर फरक पारिएको रहेछ,’ पनिकाका एक कर्मचारीले भने, ‘पछि पनिका बल्खुले ट्रान्सक्रिप्टमा पनि नम्बर बढाएर दिएपछि उनले गोल्ड मेडल पाएका रहेछन् ।’
स्रोतअनुसार एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपेर मार्कसिट र ट्रान्सक्रिप्ट दिएका छन् । अन्य विषयमा पनि जथाभावी नम्बर थपेर ट्रान्सक्रिप्ट दिइएको छ । कोइरालालाई २०७२/७३ को वार्षिक परीक्षाको नतिजामा नम्बर थपेर सर्वोत्कृष्ट बनाइएको हो । स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालयमा रहने लेजरमा समेत सच्याएर शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ ।
परीक्षार्थीबाट रकम लिएर पनिकाका उच्चस्तरका कर्मचारीले किर्ते शैक्षिक प्रमाणपत्र जारी गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारले नम्बर थपेर प्रमाणपत्र जारी गरेको आरोपमा गोप्य शाखाका अधिकृत रामु कर्माचार्यलाई दुई साताअघि र विद्यार्थी कोइरालालाई गत बुधबार पक्राउ गरेको छ ।
त्रिविका उच्च तहका एक कर्मचारीले भने, ‘विद्यार्थीलाई दिएको प्रमाणपत्र र लेजर दुवैमा नम्बर थपेर बदमासी लुकाउन खोजिएको देखिन्छ, परीक्षा नियन्त्रक तहकै कर्मचारीको संलग्नताबिना यस्तो किर्ते सम्भव छैन ।’ एक/दुई जना कर्मचारीको संलग्नतामा मात्रै पनि यस्तो किर्ते सम्भव नहुने परीक्षाका विज्ञहरू बताउँछन् ।
मार्कसिट, लेजर पनिकाको गोप्य शाखामा तयार पार्ने गरिन्छ । लेजरमा नाम, नम्बर, जन्ममितिलगायत कुनै त्रुटि भए परीक्षा नियन्त्रकस्तरको कर्मचारीले मात्र सच्याउन सक्छन् । त्रुटि नहोस् भनेर उत्तरपुस्तिकाको नम्बर दुइटा कम्प्युटरमा ‘इन्ट्री’ गरेर ‘क्रस चेक’ गरिन्छ ।
यसअघि पनि कर्मचारीहरूकै संलग्नतामा फेल भएकालाई बढी नम्बर चढाएर पास गराउने र कम नम्बर ल्याएकालाई नम्बर थप गरेर बढी बनाइदिने गरिएको आंशकामा अख्तियारले छानबिन जारी राखेको जनाएको छ । एउटा विषयको नम्बर बढाउन ५० हजार रुपैयाँसम्म लेनदेन हुने गरेको स्रोतको दाबी छ ।
अख्तियारले पनि ‘घुस लिएर पास गराउने’ समूह सक्रिय रहेको आशंका गरेको छ । नक्कली प्रमाणपत्र जारी गर्ने ‘गिरोह’ नै सक्रिय रहेको त्रिविका प्राध्यापक र कर्मचारीहरू बताउँछन् । किर्ते प्रमाणपत्र लिएका कोइरालाको अनामनगरमा ‘कोइराला एन्ड कम्पनी’ नामक ल फर्म सञ्चालनमा छ । उनले चार विषयमा डिग्री गरिसकेका छन् । नम्बर थपेरै उनले अन्य विषयमा पनि स्नातकोत्तरको प्रमाणपत्र लिएको अनुमान गरिएको छ ।
नम्बर थपेर शैक्षिक प्रमाणपत्र जारी गरिएको विषयमा छानबिन गर्न पनिकाले पनि प्राध्यापक अनुपकुमार श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । ‘अख्तियारले पनि छानबिन गरिरहेको छ,’ परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘हामीले पनि आन्तरिक छानबिन गरेका हौं, प्रारम्भिक छानबिनमा अनियमितता भेटियो, विस्तृत प्रतिवेदन आएपछि सबै कुरा थाहा होला ।’ नतिजा प्रकाशनको सुरुमै त्रुटि गरिएकाले पनिकालाई समेत बदमासीबारे थाहा नभएको उनले जनाए ।कान्तिपुर दैनिकाबाट प्रकाशित : असार ९, २०७६ ०७:२३

ShareTweet

Related Posts

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र
एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको...

January 22, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ...

March 5, 2024
Next Post

मातृभाषा परित्यागको पीडा

मेयरलाई ३० लाख क्षतिपूर्ति, घाइतेले गोली निकालेको खर्च पनि पाएनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In