Sunday, May 10, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

काठमाडौंमै तयार भयो सिसामा टेकेर आकासमा हिँड्न सकिने ‘स्काइवाक’

असार १४, काठमाण्डौँ ।

June 29, 2023
in समाचार
काठमाडौंमै तयार भयो सिसामा टेकेर आकासमा हिँड्न सकिने ‘स्काइवाक’
काठमाडौँमै अब ‘स्काइवाक’को मजा लिन सकिने भएको छ। असार १५ गतेबाट कमलादीमा ७८.५ मिटर अग्लो स्काइवाक सर्वसाधारणका लागि खुला हुँदैछ।
नेपाली लगानीकर्ताले कमलादीमा जग्गा लिजमा लिएर २ अर्ब रुपैयाँ लागतमा यो स्काइवाक तयार गरेको नेपाल खबर अनलाइनले लेखेको छ।
‘यहाँको मुख्य आकर्षण नै स्काइवाक हो,’ कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले भन्नुभयो, ‘पहिलो चरणमा मानिसहरूले सहरको केन्द्रमा सिसामा टेकी आकासमा हिँडेको अनुभव गर्न पाउनेछन्। दोस्रो चरणमा बन्जी, स्विङ लगायतका प्रडक्ट थप गर्छौं।’
यो संरचनामा ४ वटा तला छन्।
एउटा लबी हो भने २ वटामा रेस्टुरेन्ट हुने छ। सबैभन्दा माथिल्लो तलामा ‘स्काइवाक’ र काठमाडौं उपत्यकाको अवलोकन केन्द्र रहनेछ। ‘अग्लो भएपछि काठमाडौंको पूरा सहर त देखिन्छ नै,’ पोखरेलले भन्नुभयो, ‘हामीले बनाएको स्काइवाक हो, भ्यु टावर होइन। सिसामा टेकेर तल हेर्न उचाइ बनाइएको हो।’
स्काइवाकबाट रानी पोखरी छेवैमा देखिन्छ भने धरहरा, वसन्तपुर, स्वयम्भू लगायतका उपत्यकाका मुख्य स्थल अवलोकन गर्न सकिन्छ। काठमाडौंका अग्ला अपार्टमेन्ट र खुला टुँडिखेल पनि त्यहाँबाट नियाल्न सकिन्छ। मौसम खुल्दा हिमालय शृंखलासमेत सहजै देखिने कम्पनीका प्रबन्ध निर्देशक सोहन श्रेष्ठले बताउनुभयो।
‘काठमाडौं उपत्यकाको अग्लो संरचना हो यो, जहाँबाट उपत्यकाको ३६० डिग्री भ्यु देखिन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘धरहरा चढ्दा दृश्य मात्रै हेर्ने हो भने स्काइवाकबाट टेकेकै ठाउँमुनि हेर्ने हो।’ ‘स्काइवाक चढ्दाको अनुभव बाहिरबाट शब्दमा भन्न सकिँदैन। चढेरै अनुभव हुन्छ,’ उहाँले भन्नुभयो, ‘दैनिक हजार बढीलाई पर्यटकको रुपमा स्वागत गर्न पाउने विश्वास छ।’
वन्डर नेपाल प्रा.लि.का अध्यक्ष आकर्षण पोखरेल हुनुहुन्छ। उहाँ स्काइवाकको कन्सेप्ट बनाउनेदेखि निर्माण गर्नेबेलासम्मै मुख्य भूमिकामा हुनुहुन्छ। कम्पनीको संस्थापक लगानीकर्ताहरुमा लोकनाथ अधिकारी, विष्णु काप्री, तेजबहादुर सिंह र खेमराज न्यौपाने हुनुहुन्छ।
कोभिड माहामारीअघि नै स्वीकृति लिएर स्काइवाक निर्माणको काम सुरु गरे पनि महामारीको कारण २ वर्ष ढिलाइ भएको थियो। कोभिडले समयसँगै लगानी पनि बढेको प्रबन्ध निर्देशक सोहन श्रेष्ठले बताउनुभयो। असार १५ बाट सञ्चालनमा आए पनि दोस्रो चरणमा प्रोडक्ट थप हुने छन्।
स्काइवाक टावरमाथिको भाग ५ हजार वर्गफिटको छ। जसका एकै पटक २ हजार जनासम्म अट्न सक्छन्। तर लिफ्ट चढेर जानु पर्ने भएकाले एक पटकमा ५ सय जनासम्म लैजाने कम्पनीको योजना रहेको छ।
‘माथि स्काइवाक रेस्टुरेन्टमा खान बस्दा ९ सय जनासम्म सजिलै बस्न सक्छन्,’ श्रेष्ठले भन्नुभयो, ‘क्षमता त २ हजार बढी मानिस अट्ने छ।’
३–४ वर्षका देखि ८०–९० वर्षका मानिसले स्काइवाकको अनुभव लिन सक्छन्। काठमाडौंमा नयाँ प्रोडक्ट भएको हुँदा सबैलाई खुला गरिएको उनले बताए।
‘साहसिक पर्यटकीय गतिविधि भए पनि कुनै दुर्घटना नहुने भएकाले सबै अवलोकलमा आउन सक्छन्,’ उहाँ भन्नुहुन्छ। स्थानीय तहको कर र भ्याट सहित शुल्क १ हजार रुपैयाँ छ। जसमा ८० वर्षमाथिकालाई र ३ फिटसम्मको बच्चालाई निशुल्क छ। ७० देखि ८० वर्षकालाई ५० प्रतिशत छुट अर्थात ५०० रुपैयाँ लाग्ने छ।
‘इन्टरनेट खोजेर हेर्नुस्, हाम्रो स्काइवाकको शुल्क सबैभन्दा कम हो,’ उहाँले भन्नुभयो, ‘अनलाइनबाटै प्रि–बुकिङ गरेर आउँदा धेरै सहज हुन्छ।’ बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म स्काइवाक गर्न सकिन्छ।
कमलादीको मुख्य सडकमै जोडिएको स्काइवाक कम्पाउन्डभित्र विभिन्न परिकार सहितका रेस्टुरेन्ट रहने छन्। बर्गर, पिज्जादेखि मःमः, चाउमिनजस्ता परिकार उपलब्ध रहने छन्। ‘सबै प्रकारका रोजेको र खोजेको खानेकुरा कम्पाउन्डभित्र पाइन्छ,’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘सुरुमा कम्पाउन्डका रेस्टुरेन्ट मात्रै प्रयोग गर्न पाइन्छ। पछि टावरकै माथिल्लो भागमा रेस्टुरेन्ट तयार हुन्छन्।’
रेस्टुरेन्टमा काठमाडौँको ‘बेस्ट फुड बेस्ट रेट’मा उपलब्ध गराउने कम्पनीले उल्लेख गरेको छ। स्काइवाकभित्र रहेका रेस्टुरेन्ट, एम्पिथिएटरमा जान शुल्क लाग्दैन। बगैचा, पार्किङको सुविधा छ। ७५ देखि ८० चारपांग्रे र करिब ३०० दुईपांग्रे सवारी पार्क गर्न सक्ने ठाउँ छ।
कम्पनीका अध्यक्ष पोखरेलले अर्बौं रुपैयाँ लगानी गरेर असुरक्षित संरचनाको कल्पना गर्न नसकिने बताउनुभयो। स्टिल स्ट्रक्चरमा बनेको टावरको टपको बाहिरी भागमा करिब २ हजार वर्गफिटमा सिसा प्रयोग गरिएको छ। सिसाका ५ वटा तह मिलाएर राखिएको पोखरेलले बताउनुभयो। कम्पनीले डिजी ४१ ग्लास प्रयोग गरेको छ।
‘तल १० एमएमको सिसा त्यसपछि १.५ त्यसमाथि १० एमएमको फेरि १.५ एमएम र १० एमएमको गरी पाँचवाट लेयर हुन्छ,’ उहाँले भन्नुभयो, ‘कुनै ठूलो कारण दुर्घटना हुँदा माथि र तलको केही हुँदैन। बीचको मात्रै फुट्छ।’
वन्डर नेपालले इलामको कन्याम, धनकुटाको भेटेडारमा समेत स्काइवाक सञ्चालनमा ल्याएको छ। काठमाडौंको सिधा अग्लो, भेडेटारमा तेर्सो र इलाममा छड्के स्काइवाक छन्। काठमाडौं महानगरपालिका, पर्यटन विभागले स्काइवाकको परिक्षणगरी ‘सेफ्टी सर्टिफाइड’ गरिसकेको छ।
स्काइवाकका लागि भुइँबाट माथि जान २ वटा २४–२४ जना अट्ने लिफ्ट छ। त्यसबाहेक २ वटा ठूला भर्याङ पनि छन्। तर सुरुमा लिफ्टको मात्रै प्रयोग गर्ने व्यवस्था गरिएको छ।
Tags: काठमाडौंमै तयार भयो सिसामा टेकेर आकासमा हिँड्न सकिने ‘स्काइवाक’
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
कोशी प्रदेशको सरकार ढल्यो

कोशी प्रदेशको सरकार ढल्यो

सहरकारीद्धारा किर्ते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In