Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

भूपू सिङ्गापुरेको १२ बुँदे माग

चन्द्र वाम्बुले

February 17, 2026
in समाचार

काठमाण्डौँ, साउन १८ । विगेसो अर्थात ब्रिटिश भूतपूर्व सैनिक संगठनको क्षेत्रीय विभाग सिङ्गपुरले सिङ्गापुर प्रहरी सेवामा आबद्ध नेपालीहरूप्रति ब्रिटिश तथा सिङ्गापुरले गरेका असमानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बृहत छलफल गरेकोछ ।

किरात याक्थुङ चुम्लुङ भवन ललितपुरमा आयोजित कार्यक्रममा सिङ्गापुर विभागका उपाध्यक्ष कुमार राईले सिङ्गापुरमा कार्यरत गोर्खाली अर्थात नेपालीहरू माथि गरेको विभेदलाई १२ बुँदामा प्रस्तुत गर्नु भयो ।

राईले सिङ्गापूरमा कार्यरत गोर्खाली अर्थात नेपालीको तलब सुविधमा भएको विभेद, श्रीमती तथा परिवारले स्वतन्त्र रुपमा हिडडुल गर्न नपाउने, कुनै रोजगार अनुमति नहुने, छोराछोरीहरूले २१ वर्ष पुग्नसाथ अनिवार्य सिङ्गपुर छोड्नु पर्ने, सिङ्गापुरमै जन्मेकाहरूको जन्म प्रमाण पत्रमा सिङ्गापुर नखोलिने, सेवा अवधि सकिएको समयबाट सिङ्गापुरमा बसोबास गर्न नपाउने, सिङ्गापुरको नागरिकसंग विवाह गर्न नपाउने, विधुवा श्रीमतिको निवित्तृभरण लगायतका विभेद तत्कालै हटाउनु पर्ने माग सहितको १२ बुँदे घोषण पत्र तयार पारेकोछ ।

कार्यक्रममा महिलाको तर्फबाट प्रतिनिधि गर्दै श्रीमती ललिता राईले आफू १९ वर्षसम्म सिङ्गापुरमा बसेको पहिचान र अनुभव भनेको दुई सन्तानको आमा हुनु बाहेका केही नरहेको पिडा सुनाउदा उपस्थित सबै स्तब्ध भएका थिए ।

आफू धेरै सक्षम हुँदा पनि सिङ्गपुरको विभेदकारी निति तथा कानुनको कारण कैदी सरह जीवन जिउन बाध्य भएको राइले बताइन् ।

कार्यक्रममा विगेसोका सभापति पदम सुन्दर लिम्बुले यो विषयलाई संगठनले अत्यन्तै गम्भिरतापूर्वक लिएको र न्यायको लागि सम्बन्धीत निकायमा तत्कालै कदम चालिने बताउनु भयो ।

लिम्बुले नेपाल सरकार र सिङ्गापुर विच कुनै सन्धि सम्झौता नभएकोले ब्रिटिशले नेपाली युवालाई तस्करी गरि सिङ्गापुरमा बेचेर सलामी लिएकोले ब्रिशिटले मानव तस्करी जस्तो जघन्य अपराध गरेको आरोप लगाउनु भयो ।

अन्तराष्ट्रिय कानुनको समेत उलङ्घन गरेकाले गोर्खा सेनामा आबद्ध सम्बन्धित व्यक्ति तथा नेपाललाई ठूलो क्षतिपूर्ति बेलायत र सिङ्गापुरले बmुझाउनुपर्ने तर्क समेत राख्नु भयो ।

सिङ्गापुर प्रहरीमा आबद्ध नेपालीहरू ब्रिटिश सेना अन्तर्गत भर्ती भएकाले सिङ्गापुर, बेलायत र नेपालगरि तीनैै देशमा निर्वाध रुपमा बसोबास पाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा मानवशास्त्री प्रा।डा। ओम गुरुङले विगतमा गेसो संस्थाले आफुलाई धेरै प्रयोग गरेर मुद्धाको अन्तिम किनारा नपुगी केही माग पुरा हुन साथ संस्थाले वेवस्ता गरेकाले यो मुद्धा पछीपरेको स्मरण गराउदै समग्र सिङ्गापुर प्रहरीले भोगेको असमानता र विभेदको अक्षरशः न्याय नपाएसम्म दत्तचित्त भएर विगेसो सिङ्गपुर विभागले लड्न तयार भएमा यो मुद्धालाई अन्तराष्ट्रियकरण गरी न्याय दिलाउने सकिने बताउनु भयो ।

नेता परि थापाले नेपाल सरकार हुतिहारा र लाछी भएकोले ब्रिटिशले नेपाली नागरिकलाई मनपरि गरि अन्याय र अत्याचार गर्दा समेत मुघ्द्धदर्शक भएको र न्यायको लागि विगेसोको साथमा पनि आफू रहेको बताउनु भयो ।

कार्यक्रममा अखिल कान्तिकारी महासंघका महासचिव नगेन्द्र राईले खास गरि राज्यले आदिवासी समुदायको युवाहरूलाई विदेशी भूमिमा मर्न पठाएर सिध्याउन खोजेको आरोप लगाउनु भयो ।

परराष्ट्रवीद् हिरण्यलाल श्रेष्ठले आफू संसद सचिवलयको विदेशी विभागको संयोजक हुँदा नै ब्रिटिश अन्तर्गतको भारतीय सेना, ब्रिटिश सेना र सिङ्गापुर प्रहरीमा कार्यरत नेपालीलाई न्यायोचित समानताको लागि सम्बनधीत राज्यसंग तत्काल वार्ता गर्नुपर्ने प्रतिवेदन सरकारलाई बुझाए पनि कार्यन्वयनमा सरकार उदासिन भएको बताउनु भयो ।

कानुन व्यवसायी अधिवक्ता फणिन्द्र कार्कीले विगेसोको मुद्धा हाल सर्वोच्च अदालतमा विचारधिनमा रहेकोले धेरै बोल्न नमिल्ने बताउदै कानुनी पक्षबाट गोर्खालीहरूको न्यायको लागि सधै लड्न तत्पर रहेको बताउनु भयो ।

लोकप्रिय गायिका मनु नेम्बाङले आफ्नै शब्द तथा सङ्गीतमा श्रीमानले एक्लो छोडेर जाँदाको मर्मस्पर्शी पिडालाई उनेर बनाएको गीत गाउदा उपस्थित सबैजना भावविह्ल भए ।

लामो समयदेखि आन्दोलनरत विगेसोको क्षेत्रीय विभाग सिङ्गापुर पवल घर्तीमगरको अध्यक्षतामा गत असार ५ गते १९ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।

अध्यक्ष मगर अस्वस्थ्यको कारण कार्यक्रममा उपस्थित हुनु भएन । सिङ्गापुर विभागको सकृया पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा भूपू सिङ्गापुर प्रहरी तथा परिवारको बाक्लो उपस्थितिरहेको थियो ।

 

ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

लिब्जु–होल्माफूलाई ५० हजार दान

सुजताको सुस्तरी चलचित्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In