Sunday, May 10, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

डा. तोशिमाको जवाफ मानवीय संवेदनाशीलता रोक्न सकिन सेनिटाइजर लगाएर आइसीयूमा छिरेँ

माघ १३, काठमाण्डौँ ।

January 27, 2023
in समाचार
डा. तोशिमाको जवाफ मानवीय संवेदनाशीलता रोक्न सकिन सेनिटाइजर लगाएर आइसीयूमा छिरेँ

आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यलाई आइसी यूमा भेट्न जाँदा हातमा पञ्जा नलगाएको र आइसीयू जस्ते संवेदनशील क्षेत्रमा पनि धेरै जना मिडियाकर्मी छिराएको भन्ने आरोपबारे राज्यमन्त्री तोशीमा कार्कीले जवाफदिनु भएको छ ।

राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालमा उठेको प्रश्नबारे यसरी जवाफ दिनुभएको छ”राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई “ऊ चाँडै नै यो संसार छोड्दैछ” भन्ने थाहा भएरै उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोलि सधैँको लागि रोकिनु अगावै… म उहाँलाई भेट्न पुगेको थिँए| भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ| धन्न मैले ढिला गरिनछु……… |

 

हामी भेट्न गएको प्रकृया/ विधिहरुलाई लिएर धेरै प्रश्न उठेकाले साथै केहि साथीले नेपाल मेडिकल काउन्सीलमा उजुरी समेत दिनुभएको रहेछ| त्यसैले जनताको प्रश्नको जवाफ दिन आवश्यक ठानेर यो लेख्दैछु….

———————————————

 

त्यो घटना सुन्ने बित्तिकै मैले उहाँको उपचारमा संलग्न डाक्टरलाई फोन गरे| उहाँ अझ होसमै हुनुभएको थाहा पाएपछी मैले म भित्रको मानवलाई रोक्न सकिन “म उहाँलाई भेट्न आउँछु है” भनि जानकारी दिएँ |

बाटोमा जाँदा जाँदै समेत ड्युटीमा खटिनुभएको डाक्टरलाई फोन गरी स्वास्थ्य स्थिती बुझिरहेको थिए |

 

पुग्ने बित्तिकै ड्युटिमा खटिनुभएको डाक्टर मलाई आईसीयू को ढोका सम्म लिन आउनुभयो |

त्यो सम्वेदनशील बेलामा पनि मेरो डाक्टरी अभ्यासको बानीले नै होला म आफैले गाउन मास्क र क्याप मागेर लगाए अनि स्यानिटाईजर ले हात धोएर मात्र बिरामी कक्ष पुग्न भ्याएछु|

कसले भिडियो लिनुभएको थियो कृपया पुरा भिडियो छ भने हेर्नुहोला मैले बिरामी छुनु अघि र पछि दुबै पटक हातमा स्यानिटाइजर लगाएको छु |

 

म आफैँ लाईसेन्स्ड जनरल सर्जन, बर्नका बिरामीहरु म आफैले पनि हेर्ने गरेको कारण,मैले बुझेको थिए ८०% भन्दा बढी बर्न भईसकेको अवस्थामा उहाँलाई बचाउन अब कुनै चम्तकार भए मात्र सम्भव थियो |

तर धन्न मैले उहाँको होस नगुम्दै भेट्न भ्याए| आँखा खोल्नुस् त भन्दा आँखा खोल्नुभयो र तोसिमा जि तपाईलाई म चिन्छु, देखिराछु भन्नुभयो|

जिब्रो देखाउनुस् त भन्दा जिब्रो देखाउनुभयो | यो प्रकृया बिरामीको होस कत्तिको छ/छैन चेक गर्ने विधी हो | उहाँले भने जसो गर्नुभयो र दोहोरो कुरा पनि गर्नुभयो -अर्थात त्यसबेला सम्म उहाँ पुरा होसमा हुनुहुन्थ्यो |

राज्य छ नि, हामी थियौँ नि, किन यस्तो गर्नुभयो दाजु भन्दै गर्दा उहाँले थप केहि भन्नुभयो|

१) रवि सरलाई भनिदिनुस् है — मैले भनिदिए |

२) धेरै पोलिराछ पेन किलर थप्न भनिदिनुस् न , मैले ड्युटी डाक्टरलाई पेन किलर थपिदिनु है भने|

र तेस्रो कुरा उनले मलाई यसो भने —

३) “बरु मलाई अर्को अस्पताल लानुस् न ,म बाँच्न चाहन्छु “…

म स्तब्द भए| ढिलो भईसकेको थियो|

यसको उत्तर म सँग थिएन किनकी म आफैँ डाक्टर भएकोले थाहा थियो उहाँसँग अब केहि क्षण मात्र बाँकी छ|

म स्तब्द भए| आङ जिरिङ्ग भयो| “लामो लामो सास फेर्नुस् है|

नआत्तिनुस् है डाकसाबहरुले एकदम राम्रो उपचार गर्नुहुन्छ भनेर म निस्किए |”

फेरी मैले अस्पतालका प्रमुख डाक्टर शङ्कर मान राईलाई फोन गरे — डाक्साब उहाँको उपचारमा कुनै कसर बाँकी नछोड्नु है| बरु केहि परे सहयोग माग्नुहोला|

 

म भोलि बिहान ८ बजे उहाँलाई भेट्न पुन: आउनेछु| यति भनि अस्पतालबाट निस्किए| उनले मसँग अन्तिम बोलेको बोली “म बाँच्न चाहन्छु” मेरो मानसपटलमा घुमिरह्यो |

 

म उनको लागि जिवनको दुवा माग्दै अबेर घर पुगे| भोलिपल्ट बिहान ६:३0 बजे नै मैले अस्पताल प्रमुख डाक्टरलाई फोन गरी बिरामी कस्तो हुनुहुन्छ सोधे| भर्खरै बित्नुभयो भन्नुभो ……… | मैले केहि बोल्न सकिन| फोन राखिदिए| पुन: कल ब्याक गरे|

“डाक्साब ति बिरामीको सम्पूर्ण उपचार खर्च हाम्रो तर्फबाट निशुल्क गरिदिनुस् है” भने………|

आत्मदाह गरेका प्रेम आचार्य जिवनको अन्तिम चरणमा छन् भन्ने बुझ्ने बित्तिकै म भित्रको मानव उहाँलाई भेट्न नगई बस्न सकिन| म भित्रको शल्यचिकित्सक उहाँको स्वास्थय स्थिती, उहाँको चेत, र उहाँको बाँच्ने सम्भावनालाई नबुझी बस्न सकिन|

र म भित्रको “राज्य प्रतिनिधि” जिवनबाट आजित भएर जिवन त्याग्दै गरेको यहि देशको नागरिकलाई अन्तिम घडिमै पुगे पनि नआत्तिनुस् है, नडराउनुस् है, राज्य छ नि नभनि बस्न सकिन|

रह्यो कुरा ICU protocol फलो गरेन भन्ने आरोपहरु | म आफू नै जनरल सर्जन हुँ जो विगतमा बर्न सम्बनधिकै बिरामिहरु पनि हेर्ने गरेको छु |

 

८०% भन्दा धरै जलन भएर बाँच्न सक्ने अवस्था न्युन भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केहि थिएन|

मेरो हातमा केहि थिएन | मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श| आत्मियता र अन्तिम घडिमै भए पनि थोरै आत्मबल– सायद त्यसैले होला एकछिन पछि, उहाँले मलाई भन्नुभयो “तोसिमा जि, याहाँ हुन्न भने अर्को अस्पताल लानुस्| म बाँच्न चाहन्छु,”|

 

मैले उहाँलाई नडराउनुस् है| नआत्तिनुस् है| लामो लामो सास फेर्नु है| अक्सिजन सरिरमा जानुपर्छ भन्दा उहाँले “हस्” भन्नुभयो| त्यसबेला उहाँ भेन्टिलेटरमा हुनुहुन्थेन तर फुल 10 लिटर अक्सिजन मास्क मार्फत दिईरहेको थियो|

अझ अचम्म लाग्दो कुरो त — दुखाईले दायाँ फर्केर निहुरिएर सुतिरहनुभएको थियो| मैले दायाँ बाटै भेटे| सुन्निईसकेको आँखाले पनि मलाई हेर्र्न खोज्दै दोहोरो कुराकानी गर्नुभयो|

त्यसपछि म एकछिन उपचार गर्नुहुने डाक्साब सँग कुरा गरेर फेरी उहाँलाई हेर्न आउँदा उहाँको बायाँ पट्टी उभिएर कुरा गरे| उहाँले मलाई नदेखेर आफैँ शरिरको पोजिसन फेरेर सिदा हुनुभयो र म सँग थप दोहोरो कुराकानी गर्नुभयो|

मैले उहाँको शरिरको घाउहरु हेरे| उहाँको ब्लाङ्केट मिलाईदिए| अनि उहाँलाई थोरै ढाडस दिदै उहाँको लागी थप केहि गर्न नसक्ने “अशक्त म” ICU बाट निस्किए|

 

म डाक्टर भएको नाताले उहाँको अभिभावकलाई पनि उहाँको गम्भिर स्थिती बारे बुझाएर भोलि बिहान सम्म जे पनि हुन सक्ने भएकोले तुरन्तै उहाँको श्रीमतीलाई बोलाईहाल्नुस् है भने| याहाँको उपचार खर्च चिन्ता नलिनुस् है भनेर थप केहि बोल्न नसकी म त्याहाँ बाट पनि निस्किए|

हो, एउटा नागरिकले उठाएको प्रश्नहरुको जवाफ सहित राज्यले उसलाई भेट्न जाने प्रक्रिया निकै लामो हुन्थ्यो होला, अबेर भईसक्थ्यो होला|

तर जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई तर म आफू पनि शल्यचिकित्सकको नाताले

ICU मा भेट्न जान मलाई कुनै ठूलो प्रक्रीया आवश्यक थिएन| त्यसैले उपचारमा संलग्न डाक्टरहरुको टिमको अनुमती लिई सामान्य ICU protocol समेत पालन गरेर गाउन, मास्क, क्याप र स्यानिटाईजर प्रयोग गरि भेटेको थिए| फेरी पनि भन्दैछु, सुन्ने बित्तिकै गईहाले| धन्न भेट्न भ्याएछु….. |

 

रह्यो कुरा आईशियु भित्र फोटो खिचेर प्रचार गर्यो भन्ने आरोप:

खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ | हामी अस्पतालको गेटमा पुग्दा नै त्याहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथी आईसियु सम्म पुर्याउन आउनुभयो|

ड्युटीको डाक्टर भने आईसियुको ढोका सम्म मलाई लिन आउनुभएको थियो| अहिले सबैको हात-हातमा मोबाईल भएको अवस्थामा तत्पश्चात त्याहाँ भित्र को कसलाई छिर्न दिईयो, को को छिर्यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन काहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौ|

यदि मिडिया बाजी नै गर्नु थियो त त्याहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला|

रह्यो कुरा किन भेट्न गयो भन्ने… ?

 

१)किनकी म भित्रको सचेत मानवले भेट्न जाउ भन्यो|

२)किनकी म भित्रको संवेदनशील डाक्टरले हेर्न जाउ भम्यो| ३)किनकी म भित्रको जवाफदेही सरकारले “जा अहिले भए पनि गएर राज्य छ” भन्ने अनुभुती दिला भन्यो|

 

माफ गर्नुहोस् मलाई धेरै कुरा अझै सिक्दैछु, बुझ्दैछु,अध्य्यन गर्देछु, गल्ति गरेको भएको भए सच्याउनेछु| तर यति कुरा पक्का छ, प्रेम आचार्यको आत्माले यो नयाँ बनेको सरकारलाई सधैँ सम्झिरहनेछ… किनकी ऊ अस्ताउनु अघि नयाँ बनेको सरकारको प्रतिनिधी आफैँले भेटेर “हामी छौँ नि” भन्दै गर्दा ति व्यक्तिले “म बाँच्न चाहन्छु” भने| यी उनका अन्तिम वाक्यले यो सरकारलाई र मलाई पनि सधैँ सधैँ जनता प्रति उत्तरदायि हुन घच्घच्याईरहनेछ|

 

अन्त्यमा अनुरोध हजुरहरु सबैलाई — ज्यान गुमाईसकेका व्यक्तिको मृत्यू माथी यसरी राजनीती नगरौँ|

आत्मदाह गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो/खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयम्ले उठाउन खोज्नुभएको, सोध्न खोज्नु भएको तमाम प्रश्नहरुको जवाफ खोज्ने बसलाई ओझेलमा नपारौँ|

उहाँ जस्ता नेपाली युवाहरु किन त्यो कदम चाल्न वाध्य भए? अर्थतन्त्रको चक्रभ्युले युवाहरुलाई किन यसरी गिजोलिरहेको छ ? राज्यले किन आफ्ना नागरिकहरुलाई अभिभावकत्व महसुस गराउन सकिरहेको छैन ? यसका समाधान के हुन सक्लान् ?

 

हामीले बचाउन नसकेको प्रेम आचार्यको मृत्यु माथी राजनिती गर्नु साटो अरु हजारौँ प्रेम आचार्यहरुलाई आत्महत्या र आत्मदाह गर्न बाट कसरी बचाउन सकिन्छ ?

 

मानसिक स्वास्थ्यको के छ वस्तुस्थिती ? आउनुस् न त्यो बहस गरौँ| यस प्रति हामी स्वास्थ्य मन्त्रालय र म स्वयम् पनि गम्भिर आभ्यासमा लाग्नेछु र हजुरहरु सबैबाट सक्दो हातेमालो सहयोग सुझाब र सहभागिताको लागि पनि अनुरोध सहित हार्दिक श्रद्दान्जली प्रेम आचार्यमा|” डा. तोशिमा कार्की

Tags: आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यडा. तोशिमाको जवाफ मानवीय संवेदनाशीलता रोक्न सकिन सेनिटाइजर लगाएर आइसीयूमा छिरेँ
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
रवि लामिछानेको विपक्षमा सर्वोच्चको फैसला, संसद पद तथा गृहमन्त्री दुबै गुम्यो

रवि लामिछानेको विपक्षमा सर्वोच्चको फैसला, संसद पद तथा गृहमन्त्री दुबै गुम्यो

फोर्स गाडी दुर्घघटनामा ७ जना गम्भिर घाइते

चर्चामा रहेको २ लामिछाने, दुबैजना जेल जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In