Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

क्यानाडाको टोरोन्टो विश्वविद्यालयमा ‘नेपाल भाषा’ अध्ययपन

साउन १५, काठमाण्डौँ ।

August 31, 2024
in समाचार
क्यानाडाको टोरोन्टो विश्वविद्यालयमा ‘नेपाल भाषा’ अध्ययपन

क्यानाडाको टोरोन्टो विश्वविद्यालयद्वारा सञ्चालित ‘टोरोन्टो नेपालभाषा समर स्कुल-२०२४’ सम्पन्न भएको छ ।

प्रोफेसर क्रिस्टोफ इमिरिचको सकृयतामा रोबेर्ट एच एन हो फेमेली फाउण्डेसन र बौद्ध अध्ययन बिभाग, टोरोन्टो विश्वविद्यालयको आयोजनामा सञ्चालन भएको ‘टोरोन्टो नेपालभाषा समर स्कुल’ गत जेठ १४ गते प्रारम्भ भई गत जेठ २६ गते सम्पन्न भएको छ ।

यस वर्षको नेपालभाषा समर स्कुलमा प्रारम्भिक आधुनिक बोलिचालीको नेपालभाषा, आधुनिक नेपालभाषा लेखन, आधुनिक नेपालभाषा उच्च साहित्य, प्रारम्भिक पुरानो (क्लासिकल) नेपालभाषा र पुरानो (क्लासिकल) नेपालभाषा उच्च साहित्य बिषयमा अध्यापन भएको थियो ।

अनलाइन संचालित सो कक्षामा क्यानाडा, अमेरिका, बेलायत, नेदरलन्द, भारत, जर्मन, इटाली, डेनमार्क लगायत देशका विभिन्न विश्वविद्यालयमा आबद्ध करिब ५५ जना अध्येता, अनुसन्धाता र प्राध्यापक लगायत प्रशिक्षार्थीहरुले भाग लिएका थिए ।

यस बर्ष टोरोन्टो विश्वविद्यालका प्रा.डा. क्रिस्टोफ एमिरिच र अनुसंधाता इयान तर्नरका साथै नेदरलन्द निवासी भाषा शिक्षक तथा नेपालभाषाका साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ, मानवशास्त्री तथा नेपालभाषाका साहित्यकार डा. बाल गोपाल श्रेष्ठहरुले प्राध्यापन गर्नु भएको थियो ।

नेपालभाषा समर स्कुलको नियमित पढाई पढाईको अतिरिक्त बीच-बीचमा नेपालभाषा साहित्यबारे प्राध्यापक प्रेमशान्ति तुलाधर र डा. कामिलो ए फर्मिगातिहरूका दुई विषेश प्रवचन तथा नेपालभाषाको काव्य अनुवादमा सामुहिक प्रयास विषयक राउण्ड टेबल समेत भएको थियो । जेठ २१ गते सोमबारको दिन भएको प्रवचन कार्यक्रममा प्राध्यापक प्रेमशान्ति तुलाधरले नेपालभाषा र यसको साहित्यिक इतिहासबारे विस्तृतरुपमा चर्चा गर्नु भएको थियो ।

बाह्राै शताब्दीतिरबाट लेखन परम्परा शुरु भएको नेपालभाषामा चौधौं शताब्दीमै गोपालराज वंशावली देखि हरमेखला, नारदस्मृति जस्ता महत्वपूर्ण ग्रन्थहरू लेखिएको र यस भाषामा १६ औं शताब्दीबाट साहित्यका विविध विधामा लेखन फस्टाएको कुरा उहाँले जनाउनु भयो । शाहकालको आरम्भयता राणाकालमा आइपुग्दा भने यस भाषाले राज्यको चरम दमन खेप्नुपरेको कुरा पनि उहाँले औंल्याउनु भयो ।

नेपालभाषामा लेखे बापत कविकेशरी चित्तधर हृदय, फत्तेबहादुर सिंह, सिद्विचरण श्रेष्ठ, केदामान ब्यथित, धर्मरत्न यमि, हरिकृष्ण श्रेष्ठ लगायतका नेपालभाषाका धेरै साहित्यकारहरूले जेलनेलको सास्ति भोग्नु परेको पनि उहाँले जनाउनु भयो । अहिले गणतन्त्र आइसक्दा पनि यो भाषालाई राज्यले उपेक्षा कायम गरेको कुराप्रति पनि उहाँले खेद जनाउनु भयो ।

आफ्नो प्रवचन क्रममा उहाँले नेपालभाषाको आधुनिक साहित्यका थुप्रै साहित्यकारहरूका योगदान बारे पनि संक्षिप्त चर्चा गर्नु भएको थियो । त्यस्तै गत जेठ २३ गते बुधबार भएको प्रवचन कार्यक्रममा डा. कामिलो ए फर्मिगातिले “Maṇika and the First Manuscript Witnesses of Newar Literature” विषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै राजा जयस्थिति मल्लका पालामा नेपालभाषाको चौधो शताब्दीका लेखक माणिकले लेखेका मानव न्यायविकासिनी लगायत विभिन्न ग्रन्थहरुको चर्चा गर्नुका साथै चौधौं शताब्दीमा नेपालभाषा वांगमय विकासमा उनले पुर्याएको योगदाबारे विस्तृत चर्चा गर्नु भएको थियो ।

यहि क्रममा गत जेठ २५ गते शुक्रबार दिन आधुनिक नेपालभाषा काब्यको अनुवादमा सामुहिक प्रयास विषयमा नेपालभाषा काव्य अनुवाद समुहको राउण्ड टेबल छलफल कार्यक्रम भयो । प्रोफेसर क्रिस्टोफ इमिरिच, डा मार्लिना फ्रिसोने, डा क्रितिस राजभण्डारी, डा. बाल गोपाल श्रेष्ठ र अध्येता इयान तर्नर सम्मिलित उक्त राउण्ड टेबल छलफलमा सबै वक्ताहरुले सामुहिक नेपालभाषा काव्य अनुवादमा आ-आफुले गरेका अनुभवबारे चर्चा गर्नुहुन्दै एक भाषाबाट अर्को भाषामा गरिने अनुवादले मुल भाषामा रहेको मौलिकता जोगाउन ठूलै कसरत गर्नु पर्ने तर यहि चुनौतिलाई मध्यनजरमा राखेर अनुवादको काम हुनुपर्ने बिचार पनि राख्नु भएको थियो ।

प्रा. किस्ताेफ इमिरिच नेपालभाषाको कक्षा लिदैँ
ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

कुमारी जात्रा

कुमारी जात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In