कांग्रेस नेता थापा अमेरिकी एजेन्ट, गोप्य सूचना अमेरिका पठाउने गरेको पुष्टी

काठमाडौँ, २४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा अमेरिकी एजेण्ट भएको प्रमाणीत भएको छ । उनले नेपालको गोप्य सूचना अमेरिकी दुतावासमा पुर्याउने गरेको तथ्य सार्वजनिक भएको छ ।

राष्ट्रले आफ्नो प्रभुत्व बढाउन कमजोर राष्ट्र माथि दुई प्रकारका प्रभावको प्रयोग गर्छन, एक हो “हार्ड पावर” भने अर्को हो ” सफ्ट पावर” । “हार्ड पावर” अन्तर्गत नाकाबन्दी, व्यपारमा प्रतिबन्ध, सैनिक हस्तक्षेप आदी जस्ता कार्य पर्दछन भने “सफ्ट पावर” अन्तर्गत देशको कला संस्कृती, छात्रबृति, प्रभृत्व वर्गको लागि विदेश यात्रा, नागरिक अगुवाहरुलाई सम्मान आदीको प्रयोग गरि उक्त देशमा आफ्नो एजेन्डालाई मन्द रुपमा स्थापित गराउने गर्दछन ।

केहि समय अघि नेपाल स्थित अमेरिकी दुताबासले “हेर्नुस त ! को स्कुलमा पढ्दैछ” भन्दै गगन थापाको एउटा फोटो ट्विट गरेको थियो । उक्त फोटोमा थापा हार्डवर्ड विश्वविद्यालय अन्तर्गतको केनेडी स्कुलमा “ Global Leadership & public policy for 21st century” को १५ दिने तालिम लिँदै देखिन्थे । थापाको उक्त कोर्षको सम्पूर्ण खर्च अमेरिकी दुताबासले गरेको थियो ।

शक्तीशाली राष्ट्रले अन्य देशमा आफ्नो प्रभाव बढाउन राजनितिक नेताहरु अनेक तारिकाबाट परिचालित गर्छन भन्ने नेपाली जनमानसलाई थाहा भएकै कुरा हो । थापाले उक्त कोर्स गर्नु कुनै नकारात्मक कुरा पनि हैन।

गगन थापाको अमेरिकी दुताबाससंगको नाता पुरानो देखिन्छ । अमेरिकी दुताबासका तत्कालिन डिपुटी चिफ अफ मिसन र्याण्डी बेरी (जो अहिले नेपालका लागि अमेरिकी राजदुत भएका छन) ले २००८ मा तयार पारेको “Nepal: Countdown continue: 38 days till CA Elections” शिर्षकको रिर्पोटमा गगन थापालाई नेपाली कांग्रेस भित्रका गतिविधीको सूचना लिने कार्यमा अमेरिकी दुताबासले प्रयोग गरेको प्रष्ट देखिन्छ । दुताबासको उक्त रिपोर्टमा गगन थापालाई “Key Embassy Contact” अर्थात “दुताबासका मुख्य सम्पर्क सुत्र” भनि सम्बोधन गरिएको छ।

रिर्पोटमा अमेरिकी दुताबासले निकट भविश्यमा हुन गइ रहेको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसको तयारी र नेपाली कांग्रेसको अवस्थाको बारेमा थापासFग जानकारी मागेको छ । थापाले प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला बृद्ध र कमजोर भएकाले चुनावी सभालाई सम्बोधन गर्न नसक्ने र पार्टी प्रति विद्यार्थी संगठन मोहभंग भएकाले नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउने नसक्ने भनि थापाले दुताबासका कर्मचारीलाई जानकारी गराएका छन । साथै तराईमा रहेका पहाडीमुलका जनताले नेपाली कांग्रेसले मधेसीलाई धेरै नै अधिकार दिएको भनेर असन्तुष्ट रहेकोले आगामी चुनावमा नेकपा एमालेलाई भोट दिन सक्के आफुलाई लागेको थापाले दुताबासका कर्मचारीलाई सुनाउँछन ।

नेपाली कांग्रेसको कमजोर अवस्था भएकाले नेपाली कांग्रेसले संविधान सभाको निर्वाचन टार्नलाई हतकण्डा अपनाउन सक्ने रिपोर्टमा उल्लेख छ । तर मधेसी जनाधिकार फोरमले संविधान सभाको समानुपातिक चुनावको लागि लिष्ट दर्ता गराइ सकेपछि नेपाली कांग्रेसलाई चुनाव टार्ने त्यति सजिलो नभएको उक्त रिपोर्टमा भनिएको छ । एभरेष्ट मिसनबाट

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.