असोज १८, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।
महाधिवेशनअन्तर्गत असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचनमा सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि मतदान हुने कार्यतालिका छ।
कांग्रेसका अनुसार महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी हुँदैछन्। महाधिवेशनले पार्टीको आगामी नेतृत्व र नीतिगत दिशाबारे निर्णय गर्नेछ।
१२औँ अध्यक्ष युवराज राई
कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न किरात राई यायोक्खाको १२औँ राष्ट्रिय सम्मेलनबाट युवराज राईको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको...





