Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

बालेनको स्टाटस्ले रोकिएको आदिपुरुष

असार १, काठमाण्डौँ ।

June 18, 2023
in समाचार
बालेनको स्टाटस्ले रोकिएको आदिपुरुष

शुक्रबारदेखि नेपाल भर प्रर्दशनमा रहेको दक्षिण भारतीय चलचित्र ‘आदिपूरुष’ काठमाण्डौँ महानगर पालिकामा रहेको हलहरूमा भने बन्द हुने भएको छ ।

चलचित्रमा समावेश भएको सिता भारतकी छोरी हुन भन्ने संवादमा आपती जनाउदै काठमण्डौँ महानगरपालिकाको मेयर बालेन साहले गत विहिबार सामाजिक संजालमा स्टाटस्लेखेपछि काठमाण्डौँ महानगर पालिका भित्रको हलहरू लगायत देश भरका हलहरूमा सो चलचित्रको प्रदर्शन पुर्ण रुपमा बन्द भएको छ ।

मेयर साहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो स्टाटस सार्वजानिक गरेपछि महानगर पालिका भित्र रहेको हल सञ्चालकहरूले मेयर साहसंग लड्न सकिन्न भन्ने सोचले चलचित्रको प्रर्दशन नै रोकिएका बताइएको छ ।

नेपालको लागि आधिकारिक प्रर्दशकले नेपालमा प्रदर्शन हुने सो चलचित्रमा संवाद सच्चाएर चलचित्र जाचपासको प्रमाण पत्र लिएको भएपनि भारत लगायत अन्य मुलुकको प्रदर्शनमा रहेको चलचित्रमा समेत ३ तीन भित्र सच्चाउनु पर्ने माग मेयर शाहले राखेपछि समस्य जटिल बन्दै गएको छ ।

रामायण आधारित चलचित्र आदिपुरुषले सिता भारतीय हुन भन्ने भ्रम छर्न खोजेको प्रष्ट बुझिन्छ, जब कि रामायणमा नै सिता जनक राजाको छोरी हुन भन्ने प्रष्ट रुपमा उल्लेख गरिएको छ ।

सिता राजा जनकको छोरी मात्रै होइनन् नेपालको राष्ट्रिय विभूति समेत हुन ।

राजा जनक र छोरी सीताकै कारण धनुषा जिल्लाको जनकपुरधाम विश्व विख्यात छ ।

अझ पछिल्लो समय राम जन्मेको भनिएको अयोध्यबारेमा समेत विवादित बन्दै गएको छ ।

रामायणमा राम अयोध्यका राजा दशरथको जेठा छोरो उल्लेख भएपनि नेपाल भने अयोध्य पर्सा जिल्लाको ठोरीमा भेटिएको छ । भारतको अयोध्य उत्तर प्रदेशको प्रान्त फैजाबाद जिल्लामा पर्छ ।

 

भरतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायतको भ्रमणको क्रममा गौतमबुद्ध भारतमा जन्मेको भन्ने विवादित अभिव्यक्तिपछि भानु जयन्तिको अवसरमा नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीमा भएको अभिव्याक्ति दिएपछि केही विवादित बनेपनि त्यसपछिको अनुसन्धानले ठोरी बारे धेरै तथ्या खुलेको छ ।

 

भारतको अयोध्यबारेमा भारतमा नै पटकपटक विवादित बन्नुले पनि यो भूमिमा सत्यता नभएको जानकारहरू बताउछन । सन् १९७१ मा भारतको उच्च अदालत अल्लाहबादले राम कुनै व्यक्ति नभइ बाल्मिकी ऋषीद्धारा रचित रामायणको एक काल्पानिक पात्र मात्रै रहेको अदालतको फैसलामा उल्लेख गरिएको छ ।

 

रामायणमा अयोध्य मनुले उल्लेख गरको भनिएपनि रामायण वाल्मिकीद्धारा रचित महाकाव्य हो ।

यसैगरि अयोध्यको राम मन्दिरको विषयमा लामो समयदेखि बाबरी मस्जिदसंग विवादित बन्दै आएको छ । उच्च अदालतले राम मन्दिरको नै पक्षमा फैसला गरेपनि आधिकारिक प्रमाण, पुरा तत्विक प्रमाण केही फेला नपरेकोले साहित्यिक आधारमा मात्रै विश्वस्त हुने नसकिने इतिहासकार तथा पुरातात्विकविद्हरू भन्छन ।

 

इतिहास खोताल्दा रामको भूमि नेपालमा नै हो भन्ने प्रशस्त तथ्याहरू भेटिन्छ ।
रामायाणको रचयति वाल्मीकि ऋषिको बसोबास नवलपरासीमा भएको मानिन्छ  । माडिमा रहेको वाल्मिकी आश्रम हाल एक पर्यटक गन्तव्यको रुपमा रहेको छ ।

यसैगरी रामको बुबा राजा दशरथ सिकार जाँदा धनुबाणले श्रवानकुमारलाई मारेको ठाउ स्याङ्जा जिल्लामा पर्छ ।

राम र लक्षुमण बनवासमा रहँदा सिकार खेलेको स्थान तेह्रथुम जिल्लाको बसन्पुरमा पर्छ भने सिताले लुगा सुकाएको ढुङ्गा समेत सो स्थानमा अझै पुरातात्विक रुपमा रहेको छ ।

सिताको अपहरणपछि उनको खोजीमा हिडेका समुहले गाउने गरेको गीत रामदले भाका वाम्बुले समुदायमा अझै छ ।
यी विभिन्न तथ्याहरूलाई केलाउदा सिता मात्रै होयन राम समेत नेपालको नै हो भन्ने प्रमाण जुटिरहेको बेला दक्षिण भारतले सिता भारकी छोरी हुन भन्ने भ्रम छर्नु र यस्तो बेला हामी मौन बसे भोली त्यही प्रमाण बन्ने जानकारहरू बताउछन ।

 

चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसीले विदेशी चलचित्र नेपालमा प्रदर्शन हुनु १ महिना अगाडि नै चलचित्र जाचपास हुनुपर्ने आफ्नो तर्कमा वितरकहरूको बल मिचाइले छोटो अवधिको रहन यो समस्य आएको बताउनु भयो ।

 

उनले आफुले भनेको जस्तो १ महिनाको अवधि राखिएको भए सम्बिन्धित व्यक्ति तथा विज्ञहरूसंग छलफल तथा परामर्श गर्ने समअवधि रहन्थ्यो ।
छोटो अबधि भएको कारण यो स्थिति सृजना भएको बताउनु भयो ।

यसमा खास गरि केन्द्रीय चलचित्र सेन्सर समितिको समेत लापारवाही देखिन्छ ।
कतिपय अबस्थामा सामान्य उत्तेजनात्मक नेपाली चलचित्रको सिनमा समेत निर्दयपूवर्क कैची चलाउने सेन्सर समितिले यस्तो राष्ट्रय विषयमा समेत गैह्र जिम्मेवार भई चलचित्रको प्रर्दशन इज्जात दिनु ठुलो लापारवाही भएकोले यस्तो समितिलाई समेत कारबाही हुनुपर्ने कतिपयको माग छ ।

 

स्वदेशी तथा विदेशी चलचित्रलाई नेपाल सरकारको चलचित्र केन्द्रीय सेन्सरबोर्डले सेन्सेर पास अर्थात चलचित्र हेरेर जाचपास अर्थात प्रदर्शन अनुमति प्रदान गरेपछि मात्रै चलचित्र हलहरूमा चलचित्र प्रदर्शन हुन पाउने प्रवधान छ ।

 

नेपालको प्रचलित कानुन अनुसार केन्द्रीय चलचित्र जाचपास समितिले चलचित्र प्रदर्शनको इज्जत उपलब्ध गराएपछि नेपाल सरकारको कुनै पनि निकायले त्यसलाई अबरोध गर्न नपाउने प्रवाधान रहेपनि आदिपूरुषको विषय नेपालको गौरब र रािष्ट्रयतासंग जोडिएको विषय भएकोले यो बारे सरकार मौन छ ।

 

यसले नेपाल सरकार तथा सरकार जिम्मेवार निकाय छिमेकी मुलुकप्रति नतकस्त रहने ज्वलन्त उदाहरण उदाङ्गिएको जानकारहरूको भनाइछ ।

नेपालको गौरबशाली तथा ऐतिहासिक नारिलाई समेत भारतीय भएको दावी चलचित्र जस्तो शसक्त माध्यमबाट गर्दा पनि कुनै प्रतिकृया र खण्डन नगरि सहजै प्रदर्शन इजजाजत पत्र प्रदान गराउनुले नेपालको उपल्लो निकाय राष्ट्रप्रति कतिको बफादारी र इमानदारी छन भन्ने कुरा यसैलाई एउटा नमुना मान्नि सकिने जानकारहरूको भनाई छ ।

Tags: बालेनको स्टाटस्ले रोकिएको आदिपुरुष
ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
अदातलतको आदेश लत्ताउदै मेयर बालेन

अदातलतको आदेश लत्ताउदै मेयर बालेन

फेसबुकबाट चिनजानको युवती विहेपछि पुरुष नै भएपछि

फेसबुकबाट चिनजानको युवती विहेपछि पुरुष नै भएपछि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In