१ फाल्गुन, काठमाण्डौँ । विगत २ दशक भन्दा लामो समय नेपाली तथा मातृभाषा गीत-सङ्गीतमा सकृया हुँदै आएको गीतकार तथा मोडल गीता पालुङ्वाको सेमुक्ति पालाम सार्वजानिक भएको छ ।

पालाम क्वीन उपमा पाएकी गायिका मनु नेम्बाङ र फक्ताङलुङ आइडल सेक्फुङ तेस्रो सिजनको आइडल असल तुम्रोकको स्वरमा रेकर्डिङ भएको सेमुक्ति पालामको छायाङ्कन झापाको दुधे क्षेत्रमा भएको हो।
गायक तुम्रोकको शब्द सङ्कलन तथा गायिका नेम्बाङको तथा नेम्बाङको लय रहेको पालाममा गीता पालुङ्वा र जीवन केदेनको फिचरिङ रहेको छ ।
यसगरि कोरसमा मनु नेम्बाङ, जानू काम्बाङ, असल तुम्रोक, पुर्ण लिम्बू, अभिषेक पालुङ्वा, राजकुमारी तुम्रोक, सङ्गिता सम्बाहाम्फे, आशा काम्बाङ र मनमाया आङ्बुहाङ रहेकाछन ।
भिडियो लिंक
शुटिङको झलकहरू

अतिथि कलाकाररूमा टेकराज सम्बाहाम्फे , कबिता लिम्बू , मनु सम्बाहाम्फे र सरुम्बा माइला रहेकाछन ।
निर्देशन गायिका नेम्बाङकै रहेको पालामको कोरियोग्राफर दिनेश माङ्मुको रहेको छ भने सिनेमेटोग्राफीमा चन्द्र वाम्बुले र सुजन श्रेष्ठको रहेकोछ । एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टडियो लगनखेलमा गीतको रेकर्डिङ तथा पोष्ट प्रोडक्सन रहेको सेमुक्ति माङेको सम्पादन चन्द्र वाम्बुलेको रहेको छ ।




